अस्पताल खोल्न सम्पत्ती दान गर्नेकै सन्तती उपचारका लागि चन्दा उठाउँदै

प्रेम सुनार
गुल्मी, जेठ १४ । आज भन्दा तिन पुस्ता अघि गुल्मीको सदरमुकाम स्थित हालको जिल्ला स्वास्थ्य कायालय र जिल्ला अस्पताललाई आफ्नो घरवारी दिने पुर्खाहरुका सन्तती भने यति वेला उपचार गर्ने खर्च अभावमा सवैसंग सहयोगको हात फैलाउँदै हिडेका छन् । रेसुङ्गा नगरपालिका वडा नम्वर २, तम्घास बाँझी पोखरीका २१ बर्षिय मनोज बिक दुवै मृगौला फेल भई उपचार खर्च अभावमा सहयोगको हात फैलाउँदै आएका हुन् ।

उनका जिज्यु वाजेहरु साङ्गले बिक र भुपाल सिंह बिकले जिल्ला अस्पताल खोल्न कतै उपयुक्त स्थान नपाए पछि स्वास्थ्य सेवाको लागि जग्गा उपलब्ध गराएका थिए । उनिहरुबाट जन्मिएका करिव ५० घरधुरी उनका सन्ततीहरु अहिले पनि स–साना झुपडीमा बास मात्रै लिएर बसेका छन् । तरकारी लगाउने जमिन समेत नभएका उनिहरु मध्ये मनोजका परिवारका अबस्था झन नाजुक छ ।

उनका पिता राधे बिकको आज भन्दा १९ वर्ष अघि रेसुङ्गा महादेव पोखरीमा नुहाउने क्रममा डुवेर मृत्यु भएको थियो । दुई छोरा र छोरीहरुलाई दाउरा बोकेर, गिटी कुटेर हुर्काउँदै आएकी उनकी आमा मैयाँ बिकले जेठा मनोजलाई करिव २ लाख रुपैयाँ ऋण काडेर विदेश पठाएकी थिईन ।

तर विडम्वना जहाँ होँचो उहि घोंचो भने झैं मनोज दुवै मृगौला फेल भई गएको दश महिनामा थप ऋणको भारी बोकेर फर्किएका थिए । वुटवलको सामुदायिक मुटु अस्पतालमा नि:शुल्क डाईलासिस गराई रहेका उनलाई उनका जेठा बुवाका छोरा मिठु बिकले आफ्नो मृगौला झिकेर दिन चाहे पनि प्रत्यारोपण गर्न १५ लाख रुपैँया भन्दा बढि खर्च लाग्ने भए पछि सवैसंग सहयोग माग्दै उनिहरुका आफन्तजन हिँडेका हुन् ।

उनि विरामी परेपछि एकातिर दैनिक छाक अड्केको छ । अर्कोतिर विदेश गएको ऋणले साहुले वास उठाउने हुन कि भन्ने चिन्ता छ भने उता छोरा जिवन मृत्युको दोसाँधमा रहेकोको चिन्ता छ उनकी आमाले गहभरी आँशु पार्दै भनिन –‘मेरो छोरा बाचाई दिए मेरो आत्माले सवैलाई आशिष दिने थियो, लौन हजुर जति सक्नु हुन्छ त्यति सहयोग गरेर मेरो छोरा बाचर्य दिनुस् । ’

उनको जिवन रक्षार्थ सहयोग संकलनको संयोजन गरिहेका छन त्यस वडाका वडाध्यक्ष उदय थापाले । उनलाई साथ दिई रहेका छन वडा नम्वर ८ का वडाध्यक्ष भरत भलामी र वडा नम्वर २ का वडा सदस्य शेरबहादुर बिकले ।

त्यस्तै उनका मामा देवबहादुर बिक , टुनिखोलाका यमबहादुर बिक, लगायतले सहयोग अभियान छेडेका छन् । सहयोग गर्न चाहनेहरुले उनिहरुको मोवाईल नम्वर ९८६७०६४२१६ । ९८६७४२३७३३ । ९८४७३१०६८० र ९८५७०६१९३२६ मा सम्पर्क राख्न सकिने छ ।

स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका कर्मचारी र पुराना समाज सेवीहरुले चन्द्रकोटे भने चिनिने उनीहरुका पुर्खा र यी सन्ततीहरुले अस्पताल स्थापनाका लागि दिएको योगदान शव्दले सम्मान गरेर पुग्ने बताउँ छन् । स्वास्थ्य क्षेत्र मै त्यति ठुलो त्याग र योगदान पुराउने त्यस परिवारलाई यहाँको हर व्यक्तिले सहयोगी मन फुकाउनु जरुरी देखिन्छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ