जिल्ला समाचार

असारे बिकास रोक्न सरोकारवालाहरुको जोड

तिलाचन पाण्डे
असार २२, २०७६ गुल्मी। असारे बिकास रोक्न यहाँका सरोकारवालाहरुले जोड दिएका छन् । गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०७५/७६ मा संचालन भएको योजनाहरु र कार्यलयको काम कारवाही बिषयमा आयोजना गरेको सार्बजानिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

समाजसेबी बुद्धीजिबी एबंम नेकपाका जिल्ला सदस्य टिकारम ढकालले असारे बिकास रोक्नका लागि गाउँपालिकाका प्रमुख एबम जनप्रतिनिधिलाई आग्रह गरेका हुन् । असारे बिकास गर्दा जमिनमा भुक्षय हुने , पहिरोको जान सक्ने र हजारमा काम गर्दा रकमको पनि दुरुपयोग हुने भन्दै यसलाई रोक्न आग्रह गरे । यस्तै कालिगण्डकी गाउँपालिका वडा नं २ की मैया न्यौपानेले कही कतै पालिकाले रकम बिनीयोजन र योजना बाडफाँढमा कसैलाई काखा कसैलाई पाखा बनाएको जस्तो जनतालाई भान हुन थालेको भन्दै यस्तो नगर्न आग्रह गरिन् । पछिल्लो समयमा आरन ब्यबसायलाई ब्यबसायीक बनाउन का निम्ति र युवाहरुलाई स्बरोजगार बनाउनका लागि पालिकाले वास्था नगरेको र अर्बेनीमा पन्चेबाजा संरक्षणका लागि पटक पटक आग्रह गर्दा पनि चासो नदेखाएको भन्दै प्रदिप परियारले दुःख ब्याक्त गरे । यस्तै युवाहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम कसरी संचालन भएको छ भन्दै चासो ब्याक्त गरेका थिए ।

पुराना सडक निर्माणको ऋण प्रमुख समस्या

यस्तै कालिगण्डकी गाउँपालिका भित्रका सडक निर्माणहरुमा रहेका पुरान ऋणहरु कसरी तिर्ने भन्ने बारेमा समस्या देखिएको छ । पालिका भित्रमा रहेका सडक निर्माणका उपभोक्ता समितिहरुले निर्माण गरेका सडकहरुमा करिब ५ बर्ष पहिलेदोखिका र हाल सालै खनिएका सडकहरुको ऋण रहेकाले समस्या उत्पन्न भएको पाइएको छ । दुई बर्ष पहिले खनिएको कालीगण्डकी गाउँपालिका वडा नं २ अर्बेनी देखि माथी कोट जाने सडकको ऋण करिब २८ लाख जति भएको कुलप्रसाद न्यौपाने बताए । सो ऋण तिर्नका लागि कही कतैबाट सहयोग नभएको र पालिकाले यसको ब्यबस्थापन गर्न आग्रह गरे । यो त एउटा उदाहरण मात्रै हो कालीगण्डकी गाउँपालिका भित्रका अधिकासं उपभोक्ता समितिहरु ऋणमा नै रहेको बताउदै आएका छन् । हर्मिचौर भर्दालकोट तुथुम खण्ड , हमिचौर देउराली सडक खण्ड , हर्मिचौर गिदुवा सडक खण्डहरु संगै अन्य सडक निर्माणहरुमा पनि उपभोक्ता समितिहरु ऋणमा रहेको पालिका स्रोतले जनाएको छ ।

यता गाउँपालिकाकी उपप्रमुख तारा थापाले यी सबै ऋणहरु तिर्नका लागि के कसरी सकिन्छ भन्ने बिषयमा गाउँपालिका गम्भिर भएर सोचेकाले के गर्न सकिन्छ भन्ने बारेमा छलफल चलिरहेको दाबी गरिन् । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले हालसम्म भएका कार्यहरुको बारेमा जानकारी दिदै कर्मचारीको अभाबले काम दैनिक काम कारवाही संचालनमा समस्या उत्पन्न् भएको भन्दै सुशासन , पारदर्शिता र जवाफदेहीतामा आफू सधै लागी गरेको दाबी गरे ।

बिकासमा राजनीति गरिदैन : गाउँपालिका प्रमुख थापा

कालीगण्डकी गाउँपालिकाका प्रमुख बेद थापा मगरले पालिका भित्रको बिकासमा आफूले कहिलै पनि राजनीति नगर्ने र नगरेको स्पस्ट पारेका छन् । उनले आफूलाई जनताले बिकास गर्नका लागि मत दिएर पठाएको भन्दै बिकासमा राजनीति नगर्ने बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा दैनिक ९१ जनाले सडक निर्माण , पाटीपैवा , निर्माण , भबन निर्माण संगै ग्राभिटी रोपबेको तार तान्ने कार्य गरिरहेको जानकारी दिए । आगामी बर्ष पालिकालाई तिब्र बिकासमा लैजाने भन्दै कृषि , पर्यटन , रोजगारलाई बिशेष प्रथामिकता दिईने दाबी गरे ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D