मुख्य हेडलाईन

अपडेट: अविरल वर्षाको कारण हाल सम्म ३० जनाको मृत्यु, १८ बेपत्ता (जिल्लागत बिवरणसहित)

काठमाडौं, २८ असार । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म ३० जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने १२ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी ललितपुरमा ५, काठमाडौं, खोटाङमा ३ जना र काभ्रेमा पनि ३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २-२ जनाले बाढीपहिरोमा परेर ज्यान गुमाएका छन् । त्यस्तै ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १-१ जना गरी ३० जनाको ज्यान गएको प्रहरीले बताएको छ ।

बाढी पहिरोमा परेका १ सय ३३ जनाको उद्दार गरिएको छ । प्रहरीले काठमाडौंमा १ सय ८ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिन्धुलीमा २ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १-१ जना गरी १३३ जनाको सकुशल उद्दार गरेको हो ।
बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ भने १२ जना घाइते भएका छन् । घाईते हुनेहरुमा मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १-१ जना छन् ।

सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D