जिल्ला समाचार

अर्जे र अर्खबाङ जिरो होम डेलिभरी गाउँ घोषणा, ल्यावसहित दुई स्वास्थ्यचौकी उद्घाटन

टोपलाल अर्याल
गुल्मी, १७ कार्तिक । गुल्मीको अर्जे र अर्खबाङ्ग जिल्लामै पहिलो पटक पुर्ण सस्थागत प्रसुती (जिरो होम डेलिभरी) गाउँ घोषणा भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आइतबार मालिका गाउँपालिका ४ अर्खबाङ्ग र वडा नं ६ अर्जेलाई जिरो होम डेलिभरी वडा घोषणा गरेका हुन । मालिका गाउँपालिका वडा न ४ र ६ का गर्भवतीहरु घरमा सुत्केरी हुन छाडेपछि घोषणा गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै मन्त्री बिष्टले नागरिकलाई स्वास्थ्य र शिक्षाको अवसर गाउँमै पु¥याउन सरकार योजनाबद्ध रुपमा लागेको बताए । उनले जनताको समृद्धिको सपना पुरा गर्न तीनै तहका सरकार लागेकाले कुनै सवै आशा र अपेक्षा पुरा हुँदै जाने बताए । ’हिजो डोकोमा बोकेर सदरमुकाम उपचार गर्न जानुपथ्र्यो अहिले गाउँमै स्वास्थ्यचौकी र ल्याव संचालन भएका छन्,’उनले भने,‘हतास र निराश बन्ने कुनै कारण छैन ।’

गर्भवतिलाई हरियो झण्डा र अण्डा

जिरो होम डेलिभरी गाउँ घोषणासंगै मालिका गाउँपालिकाले ‘गर्भवतिलाई हरियो झण्डा र अण्डा’ कार्यक्रमलाई निरन्तरता दिने स्वास्थ्य संयोजक वसन्त भुसालले बताए । सबै गर्भवतीको घरमा हरियो झन्डा राख्ने र प्रत्येक गर्भवती जाँचमा एक क्यारेट अन्डा प्रदान गर्ने कार्यक्रम गाउँपालिकाले अगाडी बढाएको छ । मालिका गाउँपालिकाको अर्जे र अर्खबाङ्गाले दुई बर्षदेखि यो अभियान संचालन गरेका थिए । अभियान सफल बनाउन गाउँस्तरीय समिति गठन, स्वास्थ्य सचेतता, गर्भवतीको घरमा हरियो झन्डा, निशुल्क एम्बुलेन्स र सडक नाटक लगायतका कार्यक्रम संचालन गरिएको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरिले बताए । वडाभित्रका प्रत्येक गर्भवती महिलाले टीटी खोप लगाएको, चार पटक गर्भ जाँच गरेको, आइरन चक्की र जुकाको औषधी खाएको र बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मीबाट प्रसुती गराएकाले यो अभियान सफल भएको मान्यता पाउने अर्जे स्वास्थ्यचौकी इन्चार्ज खिमराज पोख्रेलले जानकारी दिए । यो अभियान सफल गराउन सुआहारा गुल्मीले महत्वपूर्ण भुिमका निर्वाह गरेको पोख्रेलले बताए ।

अर्जे र छापहिले स्वास्थ्यचौकी नयाँ भवनमा

अर्जे र छापहिले स्वास्थ्यचौकीको नयाँ भवन उद्घाटन गरिएको छ । भवनको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आइतबार उद्घाटन गरे । अर्जे स्वास्थ्यचौकी भवन ०७२ साल असारमा सम्झौता भएर ०७५ साउनमा सम्पन्न भएको हो । शहरी विकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देही मार्फत अर्जे र छापहिलेका स्वास्थ्यचौकी भवन निर्माण गरिएको मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले बताए । अर्जे स्वास्थ्यचौकीको भवन दुई करोड ३२ लाख २५ हजार दुई सय २५ रुपैयाँको लागतमा सुनिल समीर निर्माण सेवाले निर्माण गरेको थियो । हल र अपाङ्ग मैत्री शौचालयसहितको २४ कोठाको स्वास्थ्यचौकी भवन निर्माण गरिएको निर्माण व्यावसायी नारायण पोख्रेलले जानकारी दिए । छापहिले स्वास्थ्यचौकी ०७४ असोजमा सम्झौता गरि ०७५ चैतमा निर्माण सम्पन्न भएको थियो । भवन बासुरी जोग्मा जेभीले एक करोड ६६ लाख छ हजार नौ सय दुई रुपैयाँको लागतमा निर्माण गरेको स्वास्थ्यर्चाकी इन्चार्ज देब बहादुर महतरा जानकारी दिए ।

गाउँमै ल्याव सेवा संचालन

आइतबारबाटै अर्जे स्वास्थ्यचौकीले ल्याब सेवा संचालन गरेको छ । ल्याबबाट रगत, पिसाब, दिसा, र खकार परिक्षण गरिने ल्याब असिस्टेण्ट अन्जु थापाले जानकारी दिइन् । सामान्य रगत जाँचकै लागी पनि पहिले सदरमुकाम जानु पर्ने बाध्यता स्थानीयलाई थियो । अहिले गाउँमै ल्याब सेवा संचालन भएपछि खुशी लागेको अर्जेकी दुर्पदा अर्यालले बताइन । अब टाइफाइड, जन्डिस, आउँ मासी, ब्लड सुगर, कलेजो र किड्नी र पिसाबको खराबी परिक्षण स्वास्थ्यचौकीमै हुने भएकाले जनताको पैसा पनि जोगिएको स्वास्थ्यचौकी इन्चार्ज खिमराज पोख्रेलले बताए । उनले सदरमुकामकै मुल्यमा ल्याब सेवा प्रदान गरिने जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D