जिल्ला समाचार

अर्खबाङ्गमा नि:शुल्क स्वास्थ्य शिविर सन्चालन

प्रेम सुनार
गुल्मी, जेठ ५ । मालिका गाउपालिकाको आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मी र पाल्पा तथा रेसुङ्गा अस्पतालको समन्वयनमा विकट गाउँ अर्खबाङ्गमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

विशेष गरि ग्रामीण महिलाहरुले जनचेतनाको अभावमा यस अधि घरैमा सुत्केरी हुने ,कठिन काम गर्ने ,तथा स्वास्थमा ध्यान नदिदा आउने समस्या धेरै भएको तर समस्या लुकाउने ,भन्न लाज मान्ने आर्थिक एबम् विविध कारणले गर्दा थप रोगको समस्या नआओस भन्नको लागि यो शिबिर संचालन गरिएको मालिका गाउपालिका स्वास्थ संयोजक वसन्त राज भुसालले जानाकारी दिए।

शिबिरमा ३६५ जनाको पाठेघरको परिक्षण गरिएकोमा २०६ जनाको पाठेघरको अल्ट्रासाउण्ड गरिएको थियो। त्यसैगरी १२ जनाको पाठेघर खसेका महिलाहरुको उपचारको साथै ७ जनाको पित्तथैलीको पत्थरी १२ जनाको मृगौलाको पत्थरी र १० जनाको पाठेघरको मासु पलाएको महिलाहरु भेटिएको रेसुङ्गा अस्पतालका डा प्रकाश पुनले बताए ।

उक्त शिबिरबाट मालिका गाउपालिका ८ वाट वडाका महिलाहरु लाभान्वित भएको गाउपालिकाले जनाएको छ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D