जिल्ला समाचार

अभिभावकले तिर्ने परिक्षा शुल्क गाउँपालिकाले व्यहोर्ने

टोपलाल अर्याल
गुल्मी, असार १ । ईस्मा गाउँपालिकाले अभिभावकबाट परिक्षाका लागि लिँदै आएको शुल्क आफैले व्यावस्थापन गर्ने भएको छ । अब बिद्यार्थीले कुनै अतिरित्त शुल्क तिर्नु पर्दैन । ‘राज्यले निशुल्क शिक्षा भने पनि अभिभावकलाई परिक्षा शुल्क तिर्नुपर्ने बाध्यता थियो, ’इस्मा गाउँपालिका ३ का मनिराम अधिकारीले भने, ‘गाउँपालिकाको यो निर्णले सवै जना उत्साहित छन् ।’ साथै गाउँपालिकाले यो बर्षको प्रथम त्रैमासिका परिक्षा ११ असारबाट संचालन गर्ने र २२ असारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको शिक्षा शाखा संयोजक कुवंरले बताए ।

शिक्षकहरुलाई आन्तरिक क्षमता विकास तालिम

अहिले इस्मा गाउँपालिकाले सवै सामुदायिक बिद्यालयका शिक्षकहरुको क्षमता बिकासमा जोड दिएको छ । जसका लागि विभिन्न तालिम, अभिमुखिकरण र गोष्टिहरु संचालन भैरहेको गाउँपालिकाले जनाएको छ । सोहि अनुसार गाउँपालिकाले प्राथमिक तहका गणित ४३ जना शिक्षहकहरुलाई आन्तिरिक क्षमता विकासका लागि पाँच दिने पुर्नताजकी तालिम दिएको छ । त्यस्तै प्रावि र निमावि तहका ३४ जना शिक्षकले १० दिने कम्पयुटर तथा आइसिटी सम्बन्धी तालिम लिएको गाउँपालिकाका सुचना तथा प्रविधी अधिकृत बाबुलाल थापाले बताए । साथै अंग्रेजी र सोहि भाषामा पढाई हुने १२ वटा प्राविका २४ जना शिक्षकका लागि क्षमता विकास तालिम प्रदान गरिएको छ ।

गाउँपालिकाका सवै बिद्यालयमा बाल विकास केन्द्र
यो बर्ष गाउँपालिकाले छ वटा बाल विकास केन्द्र थप गरेको छ । अब गाउँपालिकाका सवै बिद्यालयमा बाल विकास कक्षा संचालन भएको गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले बताए । शिक्षा नियमावली तर्जूमा गरी कार्यान्वयनमा रहेको छ । गाउँशिक्षा समिति गठन भई विद्यालयहरुको तह, कक्षा समायोजन तथा थप गर्ने प्रयोजनका लागि कार्यदल गठन भई स्थलगत अध्ययन÷अनुगमन भैरहेको अध्यक्ष बिष्टले बताए । साथै निजी स्रोतमा सन्चालित विद्यालयहरुलाई कार्यविधि निर्माण गरि ४४ लाख अनुदान पठाइएको छ ।

१० वटा सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट सिकाई सन्चालन गरी शिक्षालाई सुदृढिकरणको सुरुवात गरिएको गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सरोज कुमार पोखरेलले बताए । त्यस्तै विद्यालयहरुमा पाठ्य पुस्तक खरिदको लागि बजेट निकासा गरी पाठ्य पुस्तक वितरण भैसकेको छ । साथै महिनावारीका लागि सुरक्षित सामग्रीयुक्त बिद्यालय इस्मा गाउँपालिका घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् । गाउँपालिकाका सम्पूर्ण निमावि र माविका छात्राहरुलाई सुरक्षित महिनावारीका लागि अभिमुखीकरण गरी सेनेटर प्याडको व्यवस्था मिलाइएको उपाध्यक्ष खत्रीले बताइन् ।

बिद्यार्थीहरुलाई लागु औषध, यौन दुव्र्यवहारका बिषयमा सचेत बनाइदै
इस्मा गाउँपालिकाका विभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई लागु औषध, यौन दुव्र्यवहार, घरेलु तथा महिला हिंसाका बिषममा सचेत बनाउन थालिएको छ । इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा सुकर्म फाण्डेशनले गाउँपालिकाका आठ माविमा बिद्यार्थीहरुलाई लागु औषध, यौन दुव्र्यवहार, घरेलु तथा महिला हिंसाका बिषयमा अभिमुखिकरण गरेको हो ।

पहिलो चरणमा हिमालय मावि, आनन्दपुर, रामराज्य मावि र ठाढुङ्गा माविमा कार्यक्रम सकिएको गाउँपालिकाका प्रवक्ता गनुप्रसाद अधिकारीले बताए । दोस्रो चरणमा गोन्दिरत्ना मावि, ओम प्रसाद गौतम मावि, पालुखा मावि र देविस्थान माविमा स्कुल शिक्षा संचालन गरिने छ । प्रवत्ता अधिकारीले बिद्यार्थी मार्फत परिवार सचेत बनाउन स्कुल शिक्षा संचालन गरिएको बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र अन्य मानवअधिकारबादी संघसंस्थाका प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D