जिल्ला समाचार

अभिभावकत्व पाएकै बर्ष बिपिकाको चमत्कार : कारागारबाटै ९६ प्रतिशत ल्याइन

टोपलाल अर्याल
गुल्मी, ०७५ बैशाख २३ । गुल्मीको धुर्कोट गाउँपालिका ३ हाडहाडेकी ४ बर्षिय बिपिका पुन । जिल्ला कारागार आउँदा १४ महिनाको थिइन् । अहिले चार बर्षको पुगिन् । विपिकाकी आमा शान्ता पुनलाई जिल्ला अदालत गुल्मीले ०७२ पुस ५ गते सर्वश्वसहित जन्मकैदको पैmसला ग¥यो । बालिका सानो भएकाले परिवार र आफन्तले राखेनन् । बिपिकालाई आमाले कारागारमा आफुसंगै राखिन ।

यो पनि पढ्नुस्: गुल्मीमा ९० जनाले गाउँमै रोजगारी पाए, तलब मासिक १३ हजार चार सय ५० रुपैँया

उनलाई गत साल रेसुङा नगरपालिकाका मेयर डिल्लीराज भुसालले अभिभावकत्व लिए । सदरमुकामको महेन्द्र नमुना माविको प्ले ग्रुपमा भर्ना गरे । बिपिकाले अहिले बार्षिक परिक्षामा ९६ प्रतिशत अंक ल्याएर कक्षामै तृतिय स्थान प्राप्त गरेको बिद्यालयमा प्रचार्य केशर बहादुर थापाले जानकारी दिए । अहिले उनी चार बर्षकी भइन् । तीन बर्ष पुगेपछि गत साल बिद्यालयमा भर्ना गरिएको थियो ।

चार बर्षिय बिपिका पढाईमा अब्बल बन्दै गएको बिद्यालय बताउँछ । कक्षा शिक्षक माया चुँदाराका अनुसार बिपिकाले पढाइमा निकै मिहिनेत गर्ने र दिएको गृहकार्य समयमै पुरा गर्ने गर्छिन् । ‘सानैबाट उनी निकै मिहिनेती छन, भविष्य उज्जल छ,’ शिक्षिका चुँदाराले भनिन,‘राम्रो पारिवारीक संरक्षण भएको भए, अझै प्रगती गर्न सक्छिन् ।’

बालिकाको अभिभावकत्व लिएका रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बालिकाको प्रगती देखेर आफुलाई साह्रै खुसी लागेको बताए । भुसालले आमाभन्दा बालिकाको भविश्य र सपना सम्झेर अभिभाकत्व लिएको बताउँदै बालिकाको शैक्षिक भविष्य राम्रो भएकाले सुख दुखमा आफुले निरन्तर साथ दिने बताए । महेन्द्र नमुना माविका प्रचार्य केशर बहादुर थापाले उनको सबै खर्च मेयर भुसालले बेहोर्ने बताए । एक बर्षमा पोशाक सहित कुल छ हजार खर्च आउने उनले बताए ।

थुपै्र बालबालिकालाई पढ्ने राम्रो वातावरण भएर पनि पढ्दैनन् । कतिपय उमेर पुग्दासम्म पनि बिद्यालय जाँदैनन् । तर बिपिका दैनिक बिद्यालय पुग्छिन् । उनलाई कारागारका सुरक्षाकर्मी र कर्मचारीले बिद्यालय पु¥याउँछन् । साँझ क्षिक्षकहरुले कारागार पु¥याउँछन् । उनको विद्यालय बाहेक अधिकाशं समय जिल्ला कारागारमै बित्छ । कारागार नै घर हो । केहि दिन अघि आएका महान्याधिवक्ता अग्नि खरेलले बालिकालाई काठमाण्डौ लैजान मागे । तर आमाले दिन मानिन् । खरेलले आमाले अहिले माया देखाए पनि बालिकाको मन मस्तिष्कमा जेल हुने भएकाले भविश्यलाई असर पर्ने बताए । ‘कारागारमा सानी बालिका देखेपछि मैले एसोएसमा लैजान्छु भनेर बालिका मागे आमाले दिनुभएन, त्यो माया हो,’उनले भने,‘ आमाले मान्दैनन, छोरीले जान्दैनन तर मायाले बच्चा बिग्रनु भएन् ।’

धेरै संघ संस्था र अधिकारकर्मीले बालिकालाई कारागारमै नराख्न ध्यानाकृष्ट गराएपनि आमाले मान्दिनन् । ‘मैले म संगबाट छोरीलाई टाढा राख्न सक्दैन,’आमा शान्ता पुनले भनिन,‘उ मेरो प्राण हो ।’ उनले अपराध आफुले गरेपनि परिवारले सँजाय छोरीलाई पनि दिएको दुखेसो पोखिन । श्रीमान र आफन्तले छोरीको बारेमा कुनै आश्वासन नदिएकाले आफुलेसंगै राखेको बताइन् । कारागारका अरु कैदीबन्दीहरुले पनि शान्ता छोरी बिना एक्लै बस्न नसक्ने बताउँछन् । कारागारका निमित्त प्रमुख प्रभात मल्लीकले बालिकाको बिद्यालय समय बाहेक सवै क्रियाकलाप कारागारभित्रै हुने बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D