जिल्ला समाचार

अब हिंसा सहन्नौंः महिला अधिकारकर्मी

बुटवल, मंसिर २२ । बढ्दो महिला हिंसका घटनाले विक्षिप्त बनेका गुल्मीका महिला अधिकारकर्मीहरुले महिला हिंसा नसहने र खुलेर बोल्ने प्रतिबद्धता जनाएका छन । महिला हिंसा विरुद्धको १६ दिने अभियनका क्रममा सदरमुकाम तम्घासमा आयोजना गरिएको महिला हिंसा विरुद्धको कानुनी सचेतना अन्तरकृया कार्यक्रममा यस्तो प्रतिकृया जनाईएको हो ।

‘समानताको पुस्ता, बलात्कार बिरुद्धको ऐन्यवद्धता कायक्रममा कार्यक्रमकी बिशिष्ट अतिथी रेसुङ्गा नगरपालिकाका उपमेयर सिता भण्डारीले नगरपालिकाले महिला हिंसा विरुद्ध ब्यापक सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाईन । त्यस्ते नेकपा निकट महिला संगठनकी नेतृ ललिता गौतम, नेपाली कांग्रेसकी पार्टी सचिव बिष्णुकुमारी सापकोटाले महिला हिंसा बिरुद्ध स्थानिय सरकारबाटै न्युनिकरणका लागि जोड दिनु पर्ने सुझाव दिईन ।

आयोजक महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष हिरा कुँवर र उपाध्यक्ष भगवती श्रीसले विद्यालय र विभिन्न संघ सस्था र समाजका सबै तम्प्का एक जुट भई जनचेतना मुलक कार्यक्रममा लागेर महिला हिंसा अन्त्य हु्ने धारणा राखेका थिए ।

कार्यक्रमको सहजीकरण गरिरहेकी अधिकारकर्मी संजिवनी अर्यालले समाजको विकृति विसंगतिमा बैदेशिक रोजगार पनि कारक भएको र पुरुष पनि पीडित हुँदै आएको तथ्य प्रति समेत ध्यान दिनु पर्नेमा जोड दिईन । कार्यक्रममा जिल्ला सरकारी वकिल शान्ति प्रसाल शर्माले मु्लुकी संहिता र कानुनी प्रवधान बारे अवगत गराएका थिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D