जिल्ला समाचार

अब गुल्मीमा ‘टोलटोलमा प्रहरी ’

अनिल खत्री
१ असार, गुल्मी । गुल्मीमा ‘टोलटोलमा प्रहरी अभियान’ सुरु गरिएको छ । समाजमा प्रहरी भनेका हाम्रो सुरक्षाका लागि खटिने सुरक्षाकर्मी हुन भन्ने भावना र सम्बन्धको विकास गरर्न गुल्मीमा टोलटोलमा प्रहरी अभियान सुरु गरिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले शुक्रवार सदरमुकाम तम्घासमा आयोजना गरेको एक कार्यक्रमका बिच जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्माले ‘टोलटोलमा प्रहरी अभियान’ कार्यक्रमको उद्घाटन गरेका हुन् ।

कार्यक्रको उद्घाटन गर्दै अधिकारी शर्माले कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुन सके समाज सुधारमा महत्वपूर्ण भूमिका निर्वाह हुने बताए । उनले टोलटोलमा प्रहरी कार्यक्रमले समुदायमा प्रत्यक्ष जनसहभागितामा पारदर्शी काम गर्न सक्छ भन्ने अभिप्रायले यो कार्यक्रम प्रभावकारी हुनेमा बिश्वास ब्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी शर्माले टोलमै प्रहरी बस्नाले धेरै जसो अपराधहरु अत्य हुनुका साथै शान्ति सुरक्षा कायम गर्न महत्वपूण रहेको बताए । उनले शान्ति सुरक्षा बिना कुनैपनि मुलुकमा बिकास नहुने भएकाले सुरक्षाको ग्यारेन्टी नभएसम्म नागरिकको बिकास पनि नहुने हुँदा टोलटोलमा समुदायमा प्रहरी कार्यक्रमले टेवा पुर्याउने प्रमुख जिल्ला अधिकारीशर्माको भनाई थियो ।

समुदायमा सबैले शान्ति सुरक्षा कायम गर्न सहयोग गरे मुलुकलमा दिगो शान्ति कायम भइरहने बताए । उनले जनता सबैभन्दा ठूलो रहेकाले प्रहरीले उच्च मनोबलका साथ लोभ लालचमा नफसि काम गर्नुपर्नेमा जोड दिए ।

समाजमा शान्ति सुरक्षा अमनचयन कायम गर्नुका साथै आफ्नो सेवा जनता माझ कसरी प्रभावकारी रुपमा पु¥याउन सकिन्छ भनेर टोलटोलमा प्रहरी कार्यक्रमले सहायता दिने प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुराग द्धिबेदीले बताए । उनले टोलटोलमा पुगेर जनतासँग शान्तिसुरक्षा,लागु औषध,ट्राफिक जनचेतना,महलिा हिंसा,दुरघटना न्यूनिकरण जस्ता कार्यक्रमहरु समाबेश गरेर जनतामा शान्ति सुरक्षाको बिश्वशनियता दिलाउनु रहेको उपरिक्षक द्धिबेदीले बताए ।

१५ दिन सम्म सञ्चालन हुने टोलटोलमा प्रहरी कार्यक्रमले प्रहरीको सेवालाई प्रभावकारी बनाउनु उदेश्य रहेको बताए । नेपाल प्रहरीलाई अझ नागरिक मैत्री बनाई अपराध, दुर्घटना र सामाजिक बिकृती विसंगतीहरु नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्नु कार्यक्रको अर्को उदेश्य रहेको बताए । जसमा नागरिकको भुमिका के हुन सक्छ भन्ने बिषयमा विभिन्न अन्तरक्रिया तथा प्रशिक्षणहरु संचालन गरिने प्रहरी उपरिक्षक द्धिबेदीको भनाई थियो ।

उनले जिल्लामा समयमा प्रहरी कार्यालयबाट जनचेतना मुलक भएका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा रेसुङ्गा सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले प्रहरीकै सहकार्यमा विभिन्न सामाजिक कार्य गरेकाले यो कार्यक्रममा पनि आफुहरुको साथ र सहयोग रहने बताए ।

कार्यक्रममा रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष भरत भलामीले टोलटोलमा प्रहरी कार्यक्रमले नागरिकमा प्रत्यक्ष सुरक्षाको अनुभूति दिलाउने बताए । उनले नागरिकसँग गरिने मित्रबत ब्यावहारले प्रहरीसँग नागरिकको सम्बन्ध समेत सुमधुर बन्दै जाने बिश्वास ब्यक्त गरे ।

उनले प्रहरी टोलटोलमा पुग्दा हाम्रो सुरक्षाका लागि खटिने प्रहरी हुन् र शान्ति सुरक्षासँगै समाजमा घटने अपराध न्यूनिकरण गर्न सहयोग गर्नुपर्छ भन्ने सन्देस समेत जाने बताए । कार्यक्रममा बिभिन्न वडाका अध्यक्षहरु पत्रकार सुरक्षा कर्मीहरुको सहभागिता रहेको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D