gulminews logo
शनिबार, २०८१ बैशाख ८

अप्डेट: गुल्मी जिप दुर्घटनामा मृत्‍यु हुनेको संख्या ३ पुग्यो, बाँकी घाईतेहरुलाई पाल्पा पठाईयो

गुल्मी, २८ चैत्र। गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा मृत्‍यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा नेपाली कांग्रेसका नेता तथा पुर्व सांसद रुद्रमणी शर्मा भण्डारीसहित अन्य थप दुई जनाको मृत्यु भएको छ । लु १ ज १९५७ नम्बरको जीप बिहिबार बिहान ९ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा धुर्कोट गाउँपालिका ५ बस्तुका भण्डारी सहित मालिका गाउँपालिका १ नेटाका १३ बर्षीय ओसर विकको मृत्यु भएको प्रहरी प्रमुख दिपक कुमार बस्नेतले बताए । त्यस्तै घाईते ८ जना मध्य ३२ बर्षिया कौशिला थापाको वामीमै उपचारको क्रममा मृत्‍यु भएको स्थानिय पत्रकार अनिश शर्मा गैरेले जानकारी दिएका छन्। बाँकी ७ जना घाईतेहरुलाई वामीमै सामान्य उपचार पछी थप उपचारको लागि पाल्पा पठाईएको पनि शर्माले बताए ।

घाइते मध्ये मालिका गाउँपालिका २ का ३६ बर्षका कमल पुरी, ३२ बर्षीय सुर्य बहादुर थापा, १८ बर्षका नरेन्द्र श्रीसको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी रविन्द्र बहादुर खड्काले बताए ।

त्यस्तै मुसिकोट नगरपालिका १ की ३८ बर्षीय रिमा भटराई, सोहि स्थानका ४० बर्षीय भोज बहादुर भटराई, मालिका गाउँपालिका २ का ३ बर्षीय कृतिमा थापा र ५ बर्षमा जेनिस थापा सामान्य घाइते भएको खड्काले बताए । जीप सडकबाट एक सय मिटर तल खसेको थियो ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D