कोरोनाजिल्ला समाचारमुख्य हेडलाईन

अन्यौलमै प्रशासन र स्थानीय सरकार, सदरमुकामै छैन क्वारेन्टाइन र आइसुलेसन हाउस, गाउँ छिरेकाको अवस्था अज्ञात

टोपलाल अर्याल
गुल्मी, १० चैत। गुल्मीको प्रमुख नाका रिडी । यो नाका भएर गुल्मीसहित बाग्लुङ्गका नागरिक गाउँ पुग्छन् । व्यस्थित क्वारेन्टाइन छैन् । भद्रगोल हेल्थ डेक्स । व्यावस्थापनको योजना रुरु क्षेत्र गाउँपालिकासंग छैन् । निर्बाध गाडी भित्रिएका छन् । यात्रुहरुको अनिबार्य परिक्षण छैन् । तामझामका साथ स्थापना गरिएको हेल्थ डेक्सनै असुरक्षित भएको स्थानीय गुनासो गर्छन् । ‘नाका व्यावस्थापनमा समग्र जिल्लाकै छुट्टै चासो र योजना हुनुपथ्र्यो,’स्थानीय युवा सुन्दर कसजुले भने,‘हेल्थ डेक्सको कामनै छैन, स्वास्थ्यकर्मीसंगै यात्रु झन असुरक्षित छन् ।’ रुरु क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जिल्ला समन्वय समिति र स्वास्थ्य कार्यालयले चासो नदिएको आरोप लगाए । अरु तह र निकायको समन्वय छैन् । रुरुसंग प्रयाप्त बजेट व्यावस्थापन छैन् । जसका कारण नाकाको व्यावस्थापन सोचे अनुसार नभएको गिरीले बताए ।

जिल्लाकै सदरमुकाममा क्वारेन्टाइन छैन् । आइसोलेसन हाउस परैको कुरा । स्वदेश तथा परदेशबाट आएकाहरुको लर्को गाउँ पुग्यो् । उनीहरुको स्वास्थ्य अवस्था बारे कसैलाई जानकारी छैन् । रिडीबाट प्रवेश गरेका आधा गुल्मेली तम्घास भएर पश्चिमका गाउँ पुग्छन् । क्वारेन्टाइन र चेकजाँचको राम्रो व्यावस्थापन सदरमुकाममा नभएका कारण गाउँमा संक्रमणको जोखिम बढेको छ । मुख्य नाका रिडी र सदरमुकाममै चेकजाँचको राम्रो व्यावस्था नभएपछि गाउँ झनै बिजोगको स्थिती रहेको इस्मा गाउँपालिका उपप्रमुख बिमला खत्रीले बताइन् ।

गुल्मी अस्पताल तम्घास जिल्लाको ठुलो सरकारी अस्पताल हो । अर्घाखाँचीसहित जिल्लाका अधिकांश स्थानका नागरिकले गुल्मी अस्पतालबाट सेवा लिने गरेका छन् । त्यसैले पनि गाउँमा कोरोना संक्रमण देखिए वा अन्य स्वास्थ्य समस्या आए सदरमुकाम आउनुको विकल्प गाउँमा छैन् । त्यसैले सदरमुकाममा कोरोना संक्रमणको व्यावस्थापनमा सवै स्थानीय तहहरुले बेलैमा बजेट र योजना बनाउनुपथ्र्यो । तर अहिलेसम्म अरु कुनै स्थानीय तहले समन्वय र बजेटको व्यावस्था नगरेकाले आफुहरुले सक्ने व्यावस्थापन गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । अहिलेसम्म नगरपालिकासंगै नेटा र देउरालीमा हेल्थ डेक्स संचालन, गुल्मी अस्पतालमा अस्थायी वार्ड निर्माण र सचेतनाको लागि प्रचारप्रसार गरिएको मरासिनीले बताए ।

गत चैत्र ७ गते जिल्ला बिपद् व्यावस्थापन समितिले सदरमुकाममा आइसुलेसन हाउस बनाउने निर्णय गरेको छ । त्यसको बारेमा सोमबार अबेरसम्म कुनै निर्णय समेत भएको छैन् । बनाउने काम अझै परको कुरा भए । स्थानीय सरकार कोरोनाकै बिषयमा स्पष्ट छैनन् । क्वारेन्टाइन र आइसुलेशन हाउसका बारेमा अनबिज्ञता देखाउँछन् । शहर र सदरमुकाम खाली भए । अधिकांश नागरिक घर फर्किएका छन् । तर स्थानीय सरकार कोरोना संक्रमणको जोखिम न्यूनिकरणमा अन्यौलमा छन् । स्वदेशका विभिन्न शहरदेखि भारत र अन्य मुलुकबाट गाउँ आएका नागरिकको अवस्था, संक्रमणको जोखिम न्यूनिकरणसहित त्यसको व्यावस्थापनमा ठोस योजना छैनन् । ‘मान्छेहरु धमाधम गाउँ भित्रिए के गर्ने वा के नगर्ने साह्रै अन्यौल बनेका छौ,’मालिका गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले भने,‘अहिले पनि दशैमा जस्तो मोज गरिरहेका छन्, भनेको कसैले मान्दैनन् ।’ मालिका गाउँपालिकामा पनि क्वारेन्टाइन र आइसुलेसन हाउसको कुनै टुङ्गो छैन् । अधिकांश स्थानीय तहले हेल्थ डेक्सलाईनै आफ्नो प्रमुख काम भनेर बसेका छन् । सत्यवति गाउँपालिका व्यस्त सडकमै पर्छ । आइसुलेसन हाउस छैन् । जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा पनि वार्डको व्यावस्था गरिएको छैन् । हेल्थ डेक्स संचालन छन् । स्थानीय स्तरमै १० हजार माक्स उत्पादन गर्ने र वडाहरुमा वितरण गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । गाउँ फर्केका नागरिकका बिषयमा ठोस योजना बनेको छैन् ।

मुसिकोट नगरपालिकाले बिद्यालयहरुमा क्वारेन्टाइन बनाउन थालेको छ । प्रत्येक वडाका माविमा वेडको व्यावस्था गरेर क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाले जनाएको छ । एउटा माविमा १० वडा वेड निर्माण गरिएको छ । क्वारेन्टाइन शंकास्पद ठाउँबाट आएका व्यक्तिहरुलाई राख्ने स्थान हो । नगरले अलि पहिलेनैै क्वारेन्टाइन र चेकजाँचको व्यावस्थापन गरेन् । अहिले सवै जना घर पुगे । जसका कारण अहिले घरमै सुरक्षित भएर बस्न आग्रह गरिएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D