प्रेम सुनार
बुटवल, साउन १३ । स्वतन्त्र बिद्यार्थी युनियन गुल्मीले तम्घासको रेसुङ्गा बहुमुखी क्यापसमा शिक्षक सेवा आयोगका लागि नि:शुल्क तयारी कक्षा आज देखि सञ्चालन गरेको छ । तयारी कक्षाको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले उद्घाटन गरेका हुन् ।
जिल्लाका १२ वटै स्थानिय तहबाट सो संगठनले आर्थिक सहयोग जुटाई करिव ५० जना विद्यार्थीहरुलाई शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागेको सो संगठनका जिल्ला संयोजक श्रीराम महतले जानकारी दिए ।
उनले विद्यार्थी आन्दोलनका नाममा अब ढुङ्गामुढा होईन ‘समृद्ध मुलुक र सुखी नेपाली’ सरकारको नारा पुरा गर्न विद्यार्थीहरुले यस्ता खाले सिर्जनशिल कार्य गर्नु पर्नेमा जोड दिए ।
जिल्ला शिक्षा सम्न्वय ईकाईका विद्यालय निरिक्षक पिताम्वर पन्थी लगायतका विज्ञहरुबाट सञ्चालन गरिएको तयारी कक्षामा छात्रको भन्दा दोब्बर बढि संख्या छात्राहरुको रहेको छ प्रमुख अतिथी मेयर भुसालले सहभागी विद्याथीहरुका लागि यो ठुलो अवसर भएको बताएका थिए । उनले स्वबियुले आयोजना गरेको त्यस कार्य सह्रानिय भएको बताए ।
कार्यक्रममा त्यस क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष माधवप्रसाद ज्ञवाली, निमित्त क्याम्पस प्रमुख गोविन्द गौतम, राष्ट्रिय युवा परिषदका अध्यक्ष राजेन्द्रविक्रम कुवँर, नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसालले मन्तव्य राखेका थिए ।
स्वबियु सभापती श्रीराम महतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्ववियु सदस्य रमेश भण्डारीको स्वागत मन्तव्य र सहसचिव दशरथ पाण्डेको सञ्चालन रहेको थियो ।