जिल्ला समाचार

अदालतले १८ करोड जरिवाना असुल्न बाँकी

शिवलाल सुवेदी
गुल्मी । जिल्ला अदालत गुल्मीले १८ करोड रूपैयाँ असुर उपर गर्न बाँकी रहेको छ । अदालतले विभिन्न मुद्दाका दण्ड जरिवानाबाट करिब १८ करोड रूपैयाँ असुर उपर गर्न बाँकी रहेको हो ।

आर्थिक बर्ष ०७४÷०७५ मा जिम्मेवारी सरी आएको ५ करोड १३ लाख ४३ हजार आठ सय ५८ र नयाँ दर्ता १२ करोड ७४ लाख २४ हजार ७७ सहित कुल १७ करोड ८७ लाख ६७ हजार ९ सय ३५ मा १६ लाख ७४ हजार चार सय ३० रूपैयाँ मात्रै फछ्र्याैट गरेको छ भने १७ करोड ७० लाख ९३ हजार ५ सय पाँच रूपैयाँ जरिवाना उठाउन बाँकी रहेको छ ।

दण्ड जरिवानाको तीन बर्षे तथ्यांकका आधारमा आर्थिक बर्ष ०७२÷०७३ मा जिम्मेवारी सरी आएको ३२ लाख ५६ हजार एक सय ३१ र नयाँ दर्ता १४ लाख ७२ हजार पाँच सय ७७ गरी ४७ लाख २८ हजार सात सय पाँचमा नौ लाख २४ हजार दुई सय ८७ असुल उपर भएको अदालतले जनाएको छ भने ३८ लाख चार हजार चार सय २१ रूपैयाँ जरिवाना उठाउन बाँकी थियो ।

त्यस्तै आर्थिक बर्ष ०७३÷०७४ मा जिम्मेवारी सरि आएको ३८ लाख चार हजार चार सय २१ र नयाँ चार करोड ९२ लाख ७२ हजार सात सय पाँच गरी जम्मा पाँच करोड तीस लाख ७७ हजार एक सय २७ रूपैयाँ जरिवाना अदालतले विभिन्न सजायँ तोकिएका व्यक्तिहरूबाट असुल उपर गर्नुपर्ने छ । तर १७ लाख ३१ हजार दुई सय ६८ रूपैयाँ मात्रै फछ्र्याैट भएको छ । भने पाँच करोड १३ लाख ४३ हजार आठ सय ५८ रूपैयाँ जरिवाना उठाउन बाँकी रहेको छ ।

यता गुल्मीमा आर्थिक बर्ष ०७४÷०७५ मा एक सय ४७ वटा सम्बन्ध विच्छेदका मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन् । जसमा एक सय २८ मुद्दा फछ्र्याैट भएका छन् । भने १९ जना मुद्दा प्रक्रियामै रहेको जिल्ला अदालत गुल्मीले जनाएको छ । त्यस्तै अंश सम्बन्धि ५१ मुद्दामा ३५ फछ्र्याैट र १६ बाँकी, नाता कायमका १६ मुद्दामा १४ फछ्र्यौट र दुई बाँकी, बहुविवाहका नौ मुद्दामा छ फछ्र्याैट र तीन बाँकी, बालविवाह दुई र मानाचामलका ३५ मुद्दामा १७ फछ्र्यौट १८ बाँकी रहेका छन् । साथै आर्थिक बर्ष ०७४÷०७५ मा जवरजस्ती करणीका १७ मुद्दा दर्ता भएका छन् । जसमा एउटा हाडनाता करणीसमेत रहेको छ ।

१७ मुद्दामा नौ वटा फछ्र्याैट भएका छन् । भने आठ वटा मुद्दा प्रक्रियामा रहेको अदालतले जनाएको छ । जिल्ला अदालत गुल्मीमा सामाजिक अपराधका ५० मुद्दामा ३५ फछ्र्याैट १५ बाँकी, जालसाजीका १४ मुद्दामा नौ फछ्र्यौट पाँच बाँकी, ज्यान मुद्दा ११, गाली बेइज्जतीका १३ मुद्दामा आठ फछ्र्यौट पाँच बाँकी र चोरी चार मुद्दामा तीन फछ्र्याैट एक बाँकी रहेका छन् । अदालत गुल्मीले लक्ष्यभन्दा ५.५० प्रतिशन बढी मुद्दा फछ्र्याैट गरेको छ ।

आर्थिक ०७४÷०७५ मा जिम्मेवारी सरेका ८९ र नयाँ दर्ता भएका तीन सय ११ मुद्दा फछ्र्यौट भएका छन् । अघिल्लो बर्षको ८९, यो बर्ष दर्ता हुने अनुमान गरिएको तीन सय ३१ गरी चार सय २० मुद्दामा ७० प्रतिशत अर्थात दुई सय ९४ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य अदालतको थियो । जसमा अनुमान भन्दा २० वटा मुद्दा कम दर्ता भएका थिए । त्यसैले जम्मा चार सय २० मुद्दामा अदालतले चार सयमा तीन सय दुई अर्थात ७५.५० प्रतिशत मुद्दा फस्र्यौट गरेको अदालतका श्रेष्तेदार दुर्गाप्रसाद बस्यालले जानकारी दिए ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D