घटना-दुर्घटनाजिल्ला समाचार

अझै सम्पर्कमा आइनन् एक हप्तादेखि सम्पर्क बिहिन गुल्मी इस्माकी पुजा अर्याल

सन्तोष महतारा
गुल्मी, गुल्मी इस्माकी पुजा अर्याल एक हप्तादेखि सम्पर्कबिहिन भएकी छिन् । जिल्लाको इस्मा गाँउपालिका वडा नम्बर ५ रजस्थल जाबुनडाँडा की १७ बर्षिय पुजा अर्याल सम्पर्कबिहिन भएको बुबा नारायण अर्यालले जानकारी दिए । मंसिर एक गते आइतबार बिहान घरबाट तम्घास जान भन्दै हिडेकी अर्याल सोहि दिन साँझबाट नै सम्पर्कबिहिन भएकी हुन् । छोरी हराएपछि बुबा नारायणले २ गते सोमबार इस्मा प्रहरी चौकी, रजस्थलमा उजुरी समेत दिएका छन् । तर अहिलेसम्म कतैबाट पनि फेला परेको जानकारी छैन ।

पुजाले इस्मा गाँउपालिका ४ दोहोलीस्थित रामराज्य माविमा कक्षा १२ पढ्दै आएकी थिइन् । छोरी सम्पर्कबिहिन भएपछि परिवारले खोजि गरि सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । पुजालाई कसैले भेटाएमा नजिकैको प्रहरी चौकी अथवा ९८५७०६७७३८ , ९८६७४९२६३० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । गुल्मी साप्ताहिक पत्रिकामा बारम्बार गजल , कविता प्रकाशन गर्न आग्रह गर्दे आएकी पुजाको गुल्मी साप्ताहिक पत्रिकाको पाँचौ अंकमा उनको एउटा देशप्रेमी , देशभक्ती र देशप्रति दर्शाइएको मायाको बारेमा निकै मार्मिक गजल प्रकाशन गरिएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D