अजोड इन्स्योरेन्सले गुल्मीमा अभिकर्तालाई तालिम दियो

काठमाडौं, चैत १४ । अजोड इन्स्योरेन्सको बाली तथा पशुपंक्षी सम्बन्धी बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । अजोड इन्स्योरेन्स लिमिटेडको बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम गुल्मीको तम्घास बजारमा सम्पन्न गरेको हो ।

गुल्मी शाखाको तम्घासमा चैत्र १० र ११ गते आईतवार र सोमवार सम्पन्न तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम भएको कम्पनीले जनाएको छ ।

उध्m अवसरमा इन्स्योरेन्सका सहायक महा प्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय सिद्धान्त बीमा व्यवसायको वर्तमान अवस्था र चुनौति देखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

इन्स्योरेन्सका प्रवन्धक दिपक पोखरेलले बाली तथा पशुपक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पार्नु भएको थियो कार्यक्रममा ६६ जना कृषि तथा पशु बीमा अभिकर्ताको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन गुल्मी शाखाका शाखा प्रमुख सन्तोष न्यौपानेले गरेका थिए भने ५ नम्बर प्रदेशका क्षेत्रिय प्रबन्धक भगवती रेग्मी तथा केन्दीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेत र शाखा कार्यालयका कर्मचारीहरुले सहजीकरण गरेकी थिइन ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ