जिल्ला समाचार

अघिल्लो सरकारको निर्णयका कारण सरकार ४ अर्बको खाडलमा, हामी भारतमा माग्न जाँदै छैनौंः मन्त्री ज्ञवाली

प्रेम सुनार
गुल्मी, चैत्र १६ । अव छिट्टै हुन गई रहेको प्रधानमन्त्रीको भारत भ्रमण बारे बोल्दै परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले यो भ्रमण नितान्त दुई देश विचको सम्वन्ध सुधार विकासको साँझेदारीका लागि उच्च स्तरिय भ्रमण भएको बताएका छन् । एक कार्यक्रमका लागि आज गुल्मी आएका मन्त्री ज्ञवाली भने हामी भारतमा माग्न जाँदै छैनौ , सम्वन्ध सुधारका लागि मात्र जाँदै छौ ।

उनले भने–‘विगतमा दुई देश विच केहि तिक्ताहरु रह्यो , त्यस बाट भारत नेपाल दुवैले पाठ सिकी सकेका छौं, यसर्थ पनि दुई देश विचको सम्वन्ध सुमधुर हुनै पर्छ यहि नै भ्रमण मुख्य उद्देश्य हो , यो भ्रमणमा सरकारले कुनै सन्धी सम्झौता लिएर जाँदै छैन् ।’

उनले भारत सरकार संग नेपाल सरकार माग्न जाने परम्परालाई निरन्तरता नदिने तर भारतले चाहे नेपाल सरकारले मुलुकको हित हुने खालको सम्झौता भने गर्न सक्ने बताए ।

उनले थपे–‘ नेपाल लगानीका लागि शान्त र सुरक्षित छ यसर्थ पनि चिन र भारत यहाँ लगानी गर्न उत्सुक छन् यसर्थ पनि हामी संग वरावर सुमधुर सम्वन्ध राख्न ति दुई मुलुक पनि चाहन्छन र हामी पनि चाहन्छौं ।’

सरकार चार अर्वको खाडलमा
अघिल्लो सरकारले गरेका निर्णयहरुका कारण अहिलेको सरकार चार अर्व रकमको खाडलमा परेको मन्त्री ज्ञवालीले बताए । उनले भने–‘भुकम्प पिडितलाई एक एक लाख बृद्धि, सामाजिक सुरक्षा भत्तामा उमेर कम र कर्मचारीको शैक्षिक अवकास जस्ूता विषयमा अघिल्लो काम चलाउ सरकारले दुर्गामी असरको ख्यालै नगरी गरेको निर्णयका कारण अहिलेको सरकार चार खर्वको खाडलमा परेको छ । ’

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D