जिल्ला समाचार

अग्लुङ स्थित ओख्लदह प्राविको नयाँ व्यवस्थापन समिति गठन

विवश विष्ट
गुल्मी, ३ पुष । मदानेको अग्लुङ्गमा रहेको ओख्लेदह प्राथमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति गठन भएको छ । पुरानो समितिको कार्यकाल समाप्तीसँगै गाउँपालिकाको पत्र अनुसार नयाँ व्यवस्थापन समिति गठन भएको हो ।

नवगठित विद्यालय व्यवस्थापन समितिमा राजेन्द्र बिष्टको अध्यक्षतामा ९ सदस्यीय समिति बनेको हो । जसमा सदस्य सचिव भरतबहादुर बिष्ट, शिक्षक प्रतिनिधि शुशिला चन्द, सदस्यहरुमा बालकृष्ण चन्द, कमला चन्द, कमला बस्नेत चन्द, चमेला बिक, शान्ता चन्द र वडा जनप्रतिनिधिमा हरि बिक रहेका छन ।

आज विद्यालयको प्राङ्गणमा अौपचारिक कार्यक्रम गरि नयाँ समिति चयन भएको हो । नव गठित कार्यक्रमका लागि पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगत चन्दको अध्यक्षतामा भएको थियो । कार्यक्रममा शिक्षक प्रतिनिधि, स्थानिय बुद्धिजीवी, समाजसेवी लगायत व्यक्तिहरुले मन्तव्य पश्चात् समित नव निर्वाचित भएको थियो ।

थप देखाउनुहोस्
यो पनि पढ्नुहोस्:
Close
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D