gulminews logo
शनिबार, २०८१ बैशाख १५

साउने औंसीमा गुल्मी रेसुंगामा दर्शनार्थीको घुइँचो

गुल्मी, साउन ८ । गुल्मीको धार्मिक क्षेत्र रेसुंगामा आइतबार बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। साउन महिनाको कृष्णऔंसीको दिनमा रेसुङ्गा क्षेत्रमा रहेको पोखरीमा नुहाउन र पूजाआजा गर्नका लागि श्रद्धालुको बिहानैदेखि घुइँचो लागेको हो ।

धार्मिक आस्थाका कारण साउने कृष्णऔँशीको अवशरमा बर्सेनि टाढाटाढावाट श्रद्धालु नुहाउनका लागि रेसुङ्गा पोखरीमा जाने प्रचलन रहेको छ। धार्मिक तथा ऐतिहासिक पर्यटकीयस्थलको प्रचारप्रसार गर्न ऐतिहासिक तपोभूमि रेसुंगामा मेला चलिरहेको छ। जिल्लाको सदरमुकाम तम्घास अग्लो शिरमा पर्ने रेसुंगामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले साउनभर एक महिनासम्म मेला सुरु गरेको छ। धार्मिकस्थल रेसुंगामा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मन्दिर व्यवस्थापन समितिले एक महिनासम्म धार्मिक प्रवचनसँगै रुद्री, चण्डी शिवजीको दैनिक पूजा सञ्चालन आयोजना हुने रेसुंगा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिए।
resunga mela
नेपालकै चार धाम मध्येकै एक धाम पर्ने धार्मिक स्थल रेसुङ्गाको पोखरीमा नुहाउनाले भूल गरेर गरेका पाप नष्ट हुने धार्मिक मान्यताअनुसार पोखरीमा नुहाउन गुल्मीलगायत छिमेकी जिल्लाहरुबाट पनि श्रदालु भक्तजन आउने गर्दछन्। साउनभर सञ्चालन हुने मेलाअन्तर्गत साउन १ गते र साउने औंसी, एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ। धार्मिकस्थल रेसुंगामा पूजाआजा गर्न गुल्मीलगायत छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा बाग्लुङ प्युठान, रुपन्देही, लगायतका नेपालका विभिन्न ठाउँबाट श्रदालु भक्तजनहरु एक महिने मेलामा धार्मिकस्थलमा आउने गर्दछन्। धार्मिकस्थल पोखरीमा नुहाउन तथा पूजाआजा गर्न साउनभर भिडभाड लाग्ने गर्दछ।

धार्मिकस्थल रेसुंगामा रहेको भ्युटावरबाट विभिन्न मनमोहक दृश्य देख्न सकिन्छ। सदरमुकाम तम्घासबाट करिब ३० मिनेटको गाडीको यात्रापछि उक्त स्थानमा पुग्न सकिन्छ। केही वर्ष पहिलेबाट तपोभूमि रेसुंगामा सवारीसाधन जान थालेका हुन्। रेसुंगामा साउन महिनाबाहेक अन्य दिनहरुमा दैनिक पूजा हुने गर्दछ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D