gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

सदरमुकाम तम्घासकै एक जुवाको खालमा प्रहरीको छापा, साढे २ लाख सहित ७ जना पक्राउ

टोपलाल अर्याल
गुल्मी, ३० असोज। गुल्मी प्रहरीले सदरमुकामको एक जुवाको खालमा छापा मारेको छ । रेसुंगा नगरपालिका ८ खानीगाउँका रमेश श्रीसको घरमा लुकिछिपी जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ ।

रेसुंगा नगरपालिका ८ का ३३ बर्षिय तारा श्रीस, ३२ बर्षिय हरिशचन्द्र थापा, ३५ बर्षिय रमेश श्रीस, ३२ बर्षिय लक्ष्मण थापा, ३१ बर्षिय तुल्सी पहराई, धुर्कोट गाउँपालिका ३ का ३० बर्षिय मेयरसिंह बिष्ट र अर्घाखाँची छत्रदेव गाउँपालिका ८ का ३४ बर्षिय छत्र थापा पक्राउ परेको प्रहरी जनाएको छ । जुवाको खालबाट दुई लाख सन्ताउन्न हजार पाच सय सन्तानव्वे रुपैयाँ समेत प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए । लुकिछिपि जुवातास खेल्ने खेलाउने गरेको विशेष सुराकीको आधारमा प्रहरी नायव उपरीक्षक थापा सहितको प्रहरी टोलीले श्रीसको घरमा खानतलासी गरेको थियो । पक्राउ परेकाले सवैलाई जुवा ऐनं २०२० अनुसारको कारबाहि गरिने थापाले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D