gulminews logo
शनिबार, २०८१ बैशाख १५

श्रीकृष्ण जन्माष्टमीको अबसरमा तम्घासमा रोपाई जात्रा

अनिल खत्री
गुल्मी साउन ३१ । कृष्ण जन्माष्टमीको अबसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिबिध कार्यक्रमहरु सहित रोपाई जात्रा गरेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेका क्लव र मन्दीर व्यावस्थापन समितीले मंगलवार बिबिध कार्यक्रम सहित रोपाई जात्रा गरेर मनाएका हुँन ।

तम्घासमा रहेको गुल्मी युनाईटेड क्लवले उदिनढुङ्गाबाट श्रीकृष्णको रथ यात्रा, रोपाई जात्रा, हाँस्याव्याग्य गाईजात्रे प्रस्तुति, लाखे नाच सहित बिबिध साँस्कृतिक कार्यक्रम गरेका थिए । क्लव र मन्दिरले तम्घास बजारका बिभिन्न स्थान सगै चिदिचौर खेल मैदानमा आई बिबिध कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

क्लवले निकालेका रोपाई जात्रा तथा बिबिध साँस्कृति कार्यक्रहरुले मंगलवार दिन भर तम्घास बजारका बिभिन्न स्थान सगै चिदिचौर खेल मैदानमा बिबिध कार्यक्रम मय बनेको थियो । क्लवहरुले निकालेको रोपाई जात्रा तथा बिबिध साँस्कृतिक कार्यक्रममा बिभिन्न नेताहरु तथा बिभिन्न घटनाक्रम संग समन्धी हाँस्य व्याग्य प्रस्तुति सगै खेत रोपाईको क्रममा गाईने वाली भाका गाएर दिन भर तम्घास बजार रमाईलोमय बनेको थियो । रोपाई जात्रा सगै साँस्कृतिक कार्यक्रम हेर्न जिल्लाका बिभिन्न स्थानबाट मानिहरू आएका थिए ।
कला साँस्कृतिको संरक्षण सगै बिगतका वर्षमा जस्तै यस वर्ष पनि क्लवले बिबिध कार्यक्रमलाई निरन्तरता दिँदै बिबिध कार्यक्रमहरू सहित रोपाई जात्रा कार्यक्रम गरिएको क्लवका क्लबका सचिव झविन्द्र पाण्डेयले जानकारी दिए । अहिलेको नयाँ पुस्ताले पुराना संस्कार र संस्कृतिहरु विर्सिदै गरेको हुँदा यी पुराना मुल्य र मान्यताको पनि आफ्नै महत्व भएको हुँदा क्लबले त्यसको संरक्षण र संम्र्वद्धनको लागि कार्यक्रमको आयोजना गरेको क्लबका सचिव पाण्डेयले बताए ।
रोपाईको बेला असारमा गाईने वाली गित गाएर रोपारेहरुले रोपाई गरेको जस्तै गर्दा झट्ट हेर्दा जो कसैलाई पनी असारको सम्झना दिलाउँने गरि रोपारेहरुले रोपाई प्रस्तुत गर्दै गर्दा कार्यक्रममा थप आकर्षणहरु देखिएका थिए ।
क्लव बाहेक तम्घास स्थान संयुक्त मन्दिर व्याबस्थापन समिती, राधा माधब समिती, ब्रार्मा कुमारी बिश्व बिद्यालय, सत्यशाही सेवा सङ्गठनले भगवान कृष्णको रथ यात्रा तम्घास बजारमा परिक्रमण गराएका थिए । मन्दीर व्याबस्थापन समितीले तम्घासको नयाँ बजार मन्दीर प्राङ्गगढबाट भजन कृतन सहित निकालेको रथ तम्घास बजारका बिभिन्न स्थान सगै चिदिचौरमा रथ यात्रा गराएको थियो ।
फोटो क्याप्सन ः तम्घास बजार परिक्रमण पछी रोपाई जात्रा तथा बिबिध कार्यक्रम प्रस्तुत गर्दै तस्विरहहरु अनिल खत्री गुल्मी

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D