gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

बाढी पीडित कार्की परिवारलाई गुल्मी सेवा समाज ओमनद्धारा सहयोग

टोपलाल अर्याल
गुल्मी, २ असोज । गएको साउन २० गते अविरल बर्षासँगै आएको बाढीले घर बगाएपछि छिमेकीकोमा शरण लिएर बसेका गुल्मीका एक परिवारलाई प्रवासमा बस्ने गुल्मेलीहरुले सहयोग गरेका छन् । गुल्मीको मुसिकोट नगरपालिका ३ रुद्र बहादुर कार्कीको परिवारलाई गुल्मी सेवा समाज ओमनले राहात स्वरुप नगद हस्तारन्तरण गरेको छ ।

गुल्मी सेवा समाज ओमनका सदस्य कृष्ण पाण्डेयले मेयर सोमनाथ सापकोटा मार्फत संकलित २० हजार पीडित परिवारलाई हस्तान्तरण गरेका हुन । मुसिकोट नगरपालिकाको कार्यालयमा पीडित परिवारलाई रकम हस्तान्तरण गर्दै सापकोटाले प्रवासमा बसेर आफ्नै मातृभुमि प्रति गुल्मेलीले देखाएको माया प्रति आभार प्रकट गरे । उनले जिल्लाका दैवि प्रकोप पीडित तथा ठुला रोग लागेका दुखि गरिवहरुकोे क्षेत्रमा गरेको काम भएका उलेख्नीय कामको प्रशंसा गरे । ‘गुल्मी सेवा समाज ओमन जस्ता संस्थाको कारण थुप्रैले नवजीवन पाइरहेका छन,’ उनले भने, ‘बिपदमा परेका मानिसहरुलाइ सहयोग गर्नु नै मानवता हो ।’ उनले पीडित कार्कीलाइ अझै सहयोग गर्नमा आफुहरु प्रयासरत रहेको समेत प्रतिक्रिया दिए ।

त्यस्तै समाजका सदस्य पाण्डेयले आफुहरु स्थापना भएको धेरै समय नभएकाले सानो कामको शुरुवात मात्र गरेको बताए । कार्की परिवारको बिचल्लीको खबर पाएपछि आफुहरु संगै अरु धेरै संस्थाहरुले पनि सहयोग गरुन भन्ने उदेश्य रहेका पाण्डेयले बताए । बडिगाड खोलामा आएको बाढीले कार्कीको पुरै खेत बगाएको थियो । अहिले बाँकी रहेको घर पनि बगाएपछि उनीहरु छिमेकीकोमा बस्दै आएका थिए । विभिन्न अनलाइन र पत्रपत्रिका लगायतका संचार माध्यममा कार्की परिवारको बिचल्लीको खबर प्रकाशन तथा प्रसारण भएको थियो ।

कार्कीले केही बर्षअघि जग्गा किनेर झेँदीमै बस्ने उद्धेश्यका साथ घर बनाएका थिए । तर दुई बर्षमै बाढीले घर बगाएपछि समस्यामा परेका छन् । ‘गएको असार २६ गते नयाँ घरमा सर्ने योजना थियो,’उनले भने,‘ घर र खेतनै दैवले लग्यो ।’ उनी अहिले छिमेकी भुवनसिँह भटट्राइको घरमा बस्दै आएका छन । अहिले सम्म जिल्ला प्रशासन कार्यालय, रेडक्रस तथा मुसिकोट नगरपालिकाबाट सानो सहयोग मात्र पाएको उनले बताए । प्रशासनले नौ हजार, रेडक्रसले त्रिपाल तथा मुसिकोट नगरपालिकाले पाँच हजार रुपैया सहयोग गरेको भएपनि आफ्नो बिचल्ली नै परेको पीडित कार्कीले बताए । कार्कीले सहयोग गर्ने गुल्मी सेवा समाज ओमन प्रति आभार ब्यक्त गरेका छन । गुल्मी सेवा समाज ओमन कामको शिससिलामा प्रवासमा बस्ने गुल्मेलीहरुको संस्था हो । जुन संस्था गत बैशाख महिनामा मात्र स्थापना भएको थियो । १२ जना सदस्यहरु मिली खोलीएको सो संस्थामा अहिले झण्डै ७० सदस्यहरु पुगीसकेका छन । सो संस्थाले यसबर्ष तराईका बाढी पीडितका लागि पनि झण्डै ५० हजार बराबरको राहात बितरण गरेको संस्थाका महासचिव पुकार जिसीले बताए । आगामी दिनमा सहयोगको राशी अझै बढाउदै लैजाने जिसीले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D