टोपलाल अर्याल
गुल्मी, २८ असोज। गुल्मीको मदाने गाउँपालिका ३ सिर्सेनीका २६ बर्षिय पदम नेपाली बिरुद्ध बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । हाड नातामा पर्ने १७ बर्षिय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनलाई गिरफतार गरेको छ । अरोपितले गत बैशाख १३ गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका असई सत्य यादवले बताए ।
युवती गर्भवति भएपछि पीडित पक्षले सात महिनापछि जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका छन् । नेपालीले बिभिन्न धाक धम्की दिई हाड नातामा पर्ने युवतीलाई बलात्कार गरेका थिए । उनी बिरुद्ध जवरजस्ती करणी मुद्धा दर्ता गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी गंगा बहादुर थापाले बताए ।