gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

दक्षिण कोरियामा काम गर्दा दुर्घटना भएर गुल्मीका घिमिरेको मृत्यु

६ अगस्ट, सउल । दक्षिण कोरियामा कार्यस्थलमै दुर्घटनामा परी एक जना नेपाली युवकको मृत्यु भएको छ ।

गुल्मी पुर्कोटका अन्दाजी ३१ वर्षीय विष्णु घिमिरेको कार्यस्थलमै दुर्घटनामा परी मृत्यु भएको हो । जिन्जुस्थित कुखुराको अण्डा प्रशोधन गर्ने मेशिन बिग्रिएपछि चिगेछा (गह्राैं सामान उचाल्न र सार्न प्रयोग गरिने गाडि)को सहायताले त्यसलाई बनाउन खोज्दा फिता चुँडिएर घिमिरेको टाउकोमा लागेको थियो ।
bishnu-ghimire
घिमिरलेलाई उपचारका लागि जिन्जुस्थित स्थानीय अस्पतालमा पु¥याए पनि केही समयमै उनलार्इ अस्पतालले मृत घोषणा गरेको थियो । मृतक घिमिरे नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाका सह-कोषाध्यक्ष हुन् ।

मृतक घिमिरे इपीएस मार्फत २२ महिना अघि कामका लागि कोरिया आइपुगेको र कम्पनी परिवर्तन गरेर त्यहाँ पुगेको बताइएको छ । यसैबीच सउलस्थित नेपाली दुतावासले पनि घटनाका बारेमा कोरियन प्रहरीले फ्याक्स मार्फत रिपोर्ट पठाएर जानकारी गराएको बताएको छ ।

घटनाका बारेमा घर परिवारलाई हिजो शनिवार नै जानकारी गराइएको गुल्मी सम्पर्क समितिका अध्यक्ष समेत रहेका गान्धिव सुवेदीले जनाएका छन् भने घटनास्थल तर्फ मृतक घिमिरेका नजिकका आफन्त तथा सहकर्मी इश्वरी घिमिरे पुगेका छन् भने दुतावासका अधिकारी सोमबार मात्रै त्यस तर्फ पुगेर विस्तृत जानकारी लिने तयारीमा गरेको बुझिएको छ ।

कृषि क्षेत्र अन्तर्गत अण्डा प्रशोधन गर्ने उक्त कम्पनीमा अन्य तीन जना नेपाली कार्यरत रहेका छन् ।

यो पनि पढ्नुस्

अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रको अध्यक्षमा गुल्मीका भट्टराई

कौरव खत्रीगुल्मी, १६ मंसिर । गुल्मीका गान्धी प्रसाद भट्टराई अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)को अध्यक्षमा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D