gulminews logo
शुक्रबार, २०८१ बैशाख १४

गुल्मीमा ठुलो बिस्फोटक पर्दाथसहित कांग्रेस जनप्रतिनिधी पक्राउ

टोपलाल अर्याल
गुल्मी, २५ भदौ। जिल्ला प्रहरी कार्यालय गुल्मीले ठुलो परिणाममा बिस्फोटक पर्दाथ बरामद गरेको छ । रेसुङ्गा नगरपालिका ८ का तारा श्रीसको साथवाट बिस्फोटक पदार्थ बरामद गरिएको छ । उनी नेपाली कांग्रेसको तर्फबाट रेसुङ्गा नगरपालिका ८ का निर्वाचित वडा सदस्य हुन् ।

श्रीसको साथबाट ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतती बम, एक किलोग्राम बारुद र सेफ्टिफ्युज लगायतका अबैध बिस्फोटक पदार्थ प्रहरी बरामद गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले जानकारी दिए । श्रीस लु ३२ प ६६०३ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीले रेसुंगा नगरपालिका २ को प्रहरी चेकप्वाइन्टमा चेकजाँज गरेको थियो । बिस्फोटक पदार्थ र श्रीस प्रहरी नियन्त्रणमा छन् । साथै थप बिषयमा अनुसन्धान समेत शुरु भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D