gulminews logo
शनिबार, २०८१ बैशाख १५

गरिवको पीडा : छोराको आशमा ४ छोरी

टोपलाल अर्याल
गुल्मी, २६ भदौ । छोरो जन्मिएको दुई महिना । श्रीमान बितेको १७ दिन । मनी परियारको आँखा ओभानो छैन् । मनभरी बह र डोकोमा दुई महिने दुधे बालक । उनलाई गाउँलेसंग खाद्यन्य र पैसा उठाउँनुपर्ने बाध्यता छ । घरभरी छोरी छन्, भकारी रित्तो छ । उनीसंग अहिले चित्त बुझाउने कुनै माध्यम छैन् । मदाने गाउँपालिका २ बाँझकटेरी सुइखर्ककी मनी उमेरले २८ बर्ष पुगिन् । १९ बर्षमा बिहे गरेकी मनीका चार छोरी र एक छोरा छन् । उनीसंग ओत लाग्ने घर र अन्न फले एक महिनालाई पुग्ने बारी छ ।

मदाने गाउँपालिका २ बाँझकटेरीकी सुत्केरी मनी परियार । दुई महिने दुधे बालक डोकोमा बोकेर गाउँमा चन्दा उठाउँदै ।

गाउँमा ज्याला मजदुरी गरेर परिवार चलाएका श्रीमान रन बहादुर परियारकोे गत भदौ ७ गते एकभत्तेका दिन मृत्यु भयो । ‘घरको मुली खाँबो नै ढल्यो,’ मनीले भनिन,‘ यो चिल्ली र बिल्ली कसरी चित्त बुझाउँ ।’ उनी दुई महिनाकी सुत्केरी हुन । कुनै राम्रो परिवारमा भए उनी माइतमै हुन्थिन् । मिठो मसिनो खाने र आराम गर्ने बेला मनी बच्चा डोकोमा बोकेर गाउँ चहार्छिन् । ‘मैले नमागे कस्ले माग्ने ? उनले प्रश्न गरिन,‘ ७५ बर्षे बुढि सासु र चार छोरी कसरी पाल्ने ।’ बाँच्नकै लागि किरिया उम्केको अर्को दिनबाट उनी बच्चा बोकेर गाउँ डुलेकी हुन् । ‘सुत्केरी भएपनि घरमा केहि छैन, माग्दा जे दिन्छन् त्यहि खान्छिन,’ उनकी नन्दा मिना परियारले भनिन,‘ के गर्ने, छोरो जन्मिएको एक हप्ताबाटै मेलापात पनि गरिन् ।’ अशिक्षित एवं विपन्न परिवार । जनचेतनाकै कारण उनलाई धेरै सन्तान जन्माउँदाका बेफाइदाको पत्तो थिएन् । ‘खै बुढाकै जिद्दीमा चार छोरी जन्मिए, कसैले केहि भनेनन,’ उनले भनिन,‘ छोरो पनि जन्मियो, उनी पनि बिते ।’ तर श्रीमान बितेपछि आफुलाई बल्ल पछुतो लागेको मनीले सुनाइन् ।

गाउँलेले चन्दा उठाएर उनलाई किरियाबाट उम्काएको स्थानीय व्यापारी मोतिलाल केशीले बताए । ‘न गर्ने मान्छे, न फल्ने बारी, श्रीमान पनि मरे,’उनले भने,‘त्यो दर्दनाक अवस्था देखेर मैले पनि खाता काटि दिए ।’ अहिले उनकी जेठी छोरी ६ बर्षको भइन् । माइली ३, साइँली २, कान्छी १ बर्षका भए । अहिले उनको काखमा दुई महिनाको छोरो छ । माइली छोरी पनि बालशिक्षा जान भइन् । तर ६ बर्षिया छोरीले पनि स्कुलको मुख देखेकी छैनन् । ‘जेठी स्कुल गए अरु केटीहरु कस्ले हेर्ने,’उनले भनिन,‘ उसले बहिनीहरु हेर्थी, हामी काममा जान्थ्थौ ।’ अहिले त्यो बिपन्न परिवारका लागि समुदाय स्तरबाट सहयोग जुटाउने क्रम चलिरहेको मदाने सामुदायीक स्वास्थ्य केन्द्रका हेल्थ असिस्टेन्ट बिष्णु भुसालले बताए । आफ्नो संस्थामा कार्यरत सवै कर्मचारीको तर्फबाट नगद र संस्थाको तर्फबाट परिवारका सवै सदस्यको निशुल्क उपचार गर्ने बारेमा छलफल भईरहेको उनले बताए ।

 

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D