gulminews logo
बुधबार, २०८१ बैशाख १२

फलोअप: गुल्मीमा कागजमा मात्र घट्यो गाडीभाडा, तेब्बर भाडा तिर्दै यात्रु

सन्तोष महतारा
गुल्मी, भदौ १३ । जिल्ला प्रशासन कार्यालय गुल्मीले विभिन्न सरोकारवाला , राजनैतिकि दलका प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा गएको भाद्र १० गतेबाट लागू हुनेगरी गाडीभाडा घटाएको छ । तर जिल्लामा गाडीभाडा घट्ने सपना मात्रै भएको छ, कार्यान्वयन हुन सकेको छैन । अझैपनि यात्रुहरु पहिलेकै भाडादर अर्थात महङ्गो भाडामा आवातजावत गर्न बाध्य बनेका छन् ।

यो पनि पढ्नुस्: गुल्मीमा गाडी भाडा घट्ने, कुन बाटोमा कती?

इस्मा गाउँपालिका वडा नम्बर १ को झर्नाबाट तम्घास आएका शुसिल सिंह ठकुरीले एक सय १० रुपैया भाडा तिरे । उनी बसमा आएका हुन् । झर्नाबाट तम्घास सम्म मात्रै १३ किलोमिटर छ , सडक सबै पक्की छ । प्रशाासनले पक्की सडकको बस र मिनि वसमा प्रतिकिलोमिटर ३ रुपैया तोकेको छ । यसैलाई आधार मान्ने हो भने झर्नाबाट तम्घास सम्मको भाडा ३९ रुपैया मात्रै हुन्छ । तर सवारीधनीले प्रशासनको निर्णयभन्दा तेब्बरका दरले भाडा लिएका छन् । तम्घासबाट सिमलटारी सम्म भाडा मात्रै ८० रुपैया हुन जान्छ । तर झर्ना जाँदा सिमलटारीको बल्ल आधा हुन्छ । तर भाडा त्यहि पुगेको ११० तिर्नुपर्दछ ।
बुधबार मात्रै धुर्कोट गाउँपालिकाको वस्तुबाट तम्घास आएकी पार्वता सुनारले गाडीभाडा दुई सय तिरिन् । भदौ नलाग्न सम्म धुर्कोट वस्तुबाट सदरमुकाम आउँदा एक सय ५० तिर्थिन तर भदौ लागेपछि झन् भाडा बढ्यो भन्दै गाडीधनी तथा गाडीचालकले दुई सय भाडा लिने गरेकोे बताइन् ।

तोके भन्दा झन्डै तेब्बर भाडा
सदरमुकाम तम्घास बाट धुर्कोट वस्तुको दुरी मात्रै १८ किलोमिटर रहेको छ । सेउघासम्म सडक पक्की छ, त्यहाँबाट भित्र भने ग्राभेल छ । वस्तुसम्म पुग्न मात्रै ३ किलोमिटर कच्ची सडक हिँड्नुपर्दछ । तम्घासबाट धुर्कोट बस्तु सम्मको दुरीलाई ग्राभेलकै आधारमा भाडा लिएपनि जम्मा ९० रुपैया मात्रै हुन जान्छ । ग्राभेल सडकमा वस र मिनिवसको लागि प्रतिकिलोमिटर ५ रुपैयाका दरले भाडा निर्धारण गरिएको छ । तर सवारीधनी तथा सवारीचालकले प्रशासनले तोकेको दोब्बर भन्दा बढी भाडा लिने गरेको पाइएको छ ।

त्यस्तै तम्घास सिमलटारी सडक अन्तर्गतको छल्दीखोलाबाट आएका भक्त बहादुर रजाली मगरले ९० रुपैया भाडा तिरे । उनी वसमा आएका हुन् । छल्दीबाट तम्घास मात्रै १० किलोमिटर छ । तोकिएको रकम ३० रुपैया हो । प्रशासनले तोकेभन्दा तेब्बर भाडा तिनुपर्दछ । त्यस्तै इस्मा गाउँपालिका ५ हुलाकेबाट टपरी बनाउने पात बेच्न आएकी धनकला कुमालले एक सय १० रुपैया भाडा तिरिन् । उनले भाडा घटेको थाहा नभएको बताइन् । भाडा घट्यो भन्ने त खोई थाहा भएन उनले भनिन् “एक सय २० रुपैया माग्थे मैले त एक सय १० रुपैया दिए ।”
त्यस्तै फूलबारी बाट बस चढेका ठगिश्वर पराजुलीले एक सय ६० भाडा तिरे । अम्मरपूरबाट आएका विष्णु नेपाली र मनिषा महतले पनि १९० रुपैयाका दरले भाडा तिरे । अम्मरपूर जानलाई हुलाकेसम्म पक्की सडक नै भयो, त्यहाँबाट केहि समय कच्ची सडक हिड्नुपर्दछ ।

त्यस्तै सदरमुकाम तम्घास बाट मालिका गाउँपालिकाको अर्खबाङ्ग करिब ४२ किलोमिटर छ । बर्खाको समय बस जाँदैनन् । जीप मात्रै जान्छन् । तम्घासबाट २५ कलिोमिटर सिलादीसम्म सडक पक्की नै छ । बाँकी १७ किलोमिटर सडक कच्ची छ । प्रशासनले जीपको लागि पक्कीमा प्रतिकिलोमिटर ३ रुपैया १५ पैसा का दरले र कच्चीमा प्रतिकिलोमिटर ७ रुपैया २५ पैसा कायम गरिेको छ । यसलाई हिसाब नै गर्ने हो भनेपनि सिलादीसम्म ७८ रुपैया र त्यहाँबाट अर्खबाङ्गसम्म एक सय २३ रुपैया हुन जान्छ । त्यसो त तम्घासबाट अर्खबाङ्गसम्मको भाडा दई सय एक रुपैया हुनुपर्ने हो तर अहिले जीपले भाडा चार सयका दरले लिने गरेको छ । यो भाडा जिल्ला प्रशाासन कार्यालय गुल्मीले तोकेभन्दा दोब्बर हो ।

त्यस्तै मालिका गाउँपालिकाको छापहिले तम्घासबाट करिब ४० किलोमिटर छ । बस जाँदैनन्, जीपको मनपरी । दिनदिनै भाडा फेरिन्छ । प्रतिब्याक्ति ५०० सम्म पनि लिन्छन् । तर यसबिषयमा सवारीचालक तथा सवारीधनीको डिजेलको रकम घट्नुपर्ने, गाडीका पाटपूर्जा कम मुल्यमा पाईनुपर्ने र कच्ची सडकको अवलोकन गरिदिनुपर्ने माग छ ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले प्रशाासनले तोकेको भाडामा कुनैपनि गाडीलाई छुट नहुने बताए । “सरोकारवाला, जनप्रतिनिधि, राजनैतिक पार्टीका प्रतिनिधि, पत्रकार लगायत सर्वपक्षिय बैठक बसेर लागु गरिएको भाडा कायम भएरै छोड्छ”, उनले भने “प्रशाासनले तोके भन्दा भाडा तलमाथि हुन्न, हामी छड्के अनुगमन गछौँ ।”

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D