२० करोड बढीको लागतमा रेसुंगा सभाहल बन्ने, पुर्वमन्त्री रामकुमारी झाँक्रीद्वारा शिलान्यास

टोपलाल अर्याल
गुल्मी, ७ असोज । रेसुङा सभाहलको शिलान्यास गरिएको छ । शुक्रबार पुर्व शहरी बिकास मन्त्री रामकुमारी झाँक्रीले सभाहलको शिलन्यास गरेकी हुन् । शिलान्यास कार्यक्रममा बोल्दै झाँक्रीले अब प्रशासनले निर्माण ब्याबसायीलाई बोलाएर योजनाको काममा गति दिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइन् । उनले ठेक्का हात पारेर काम नगर्दा थुप्रै योजना अलपत्र परेकाले अब निर्माण व्यावसायी विरुद्ध नराम्रो बन्नुपर्ने अबस्था रहेको बताइन् ।

झाँक्रीले शिलान्यास महत्वपूर्ण नभएर निर्माण र उपयोगिता खोज्न आग्रह गरिन । यो हलले अर्थिक गतिविधिमा प्रभाव पार्नुपर्ने बताउँदै बाहिरबाट कर्मचारी र पर्यटक गुल्मी आउन लालयित बनाउने गरेर काम गर्ने झाक्रीले प्रतिबद्धता जनाइन । सभाहल भ्याट र कन्टेन्जेन्सी सहित २० करोड ४२ लाख ९७ हजार एक सय ९६ रुपैयाँमा निर्माण हुदैछ । जसका लागि गत १२ जेठमा बोलपत्र आव्हान भएको थियो । पाँच वटा मध्ये तीन वटा फर्म प्राबिधिक प्रस्तावमा सफल भएको शहरी बिकास तथा भवन निर्माण बिभाग संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीका आयोजना प्रमुख रमेश थिङले जानकारी दिए ।

दुई तले, भुकम्प प्रतिरोधी, भिआइपी रुम, आगो र भुकम्प प्रतिरोधात्मक, फाउन्टेन, गार्डेन र पार्किङ सुबिधासहितको दुई वटा हलसहितको आधुनिक सभाहल हुनेछ । एकातिर एक सय आठ जनाको बहुउद्देश्यीय र चार सय ३२ जनाको क्षमतासहितको मुख्य हल अर्कोतर्फ निर्माण हुने थिङले बताए ।

निर्माण व्यावसायीले सम्झौता गरेको दुई बर्षमा सभाहल निर्माण हुने आयोजना कार्यान्वष्न गर्ने कार्यालयले जनाएको छ । रेसुंगा नगरपालिकामा मेयर खिलध्वज पन्थीले जनताको जीवनमा समृद्धि ल्याउन हलले महत्वपूर्ण सहयोग गर्ने भएकाले छिटो काम गर्न सबैको दबाब आवश्यक रहेको बताए । कार्यक्रममा शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङगाल, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल लगायतकाले आफ्नो मन्तव्य राखेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D