Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
विद्यालयमा पुगेर मेयर भुषालले छात्रालाई भने,‘नलजाउनुस,ढुक्क भएर भन्नुस’ - Gulminews

विद्यालयमा पुगेर मेयर भुषालले छात्रालाई भने,‘नलजाउनुस,ढुक्क भएर भन्नुस’

गंगा खड्का

माघ १८, गुल्मी । रेसुंगा नगरपालिकाले नगरभित्रका १० वटा विद्यालयमा सुरक्षित महिनावारी कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयका छात्राहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ । विगत ६ वर्षदेखी जिल्लाका धेरै विद्यालयमा सुरक्षित महिनावारी कार्यक्रम अभियानकै रुपमा अगाडी बढेको छ । अभियान सञ्चालनले विद्यालयमा छात्राहरुको उपस्थिती दर बढ्नुका साथै विद्यालयबाटै स्यानेटरी प्याडको समेत व्यवस्था गरिएको छ ।

रेसुंगा नगरपालिकाले पनि छात्राहरुका लागि महिनावारी भएको समयमा कुनै समस्या नहोस् र विद्यालयमा ढुक्कसंग बसेर पढ्न सकुन् भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाकी उपप्रमुख सिता भण्डारीले जानकारी गराईन् । भण्डारीले महिनावारी महिलाका लागि नियमित र मासिक चक्र भएकाले यसलाई समस्याको रुपमा नलिई खुसीका साथ व्यवस्थापन गर्नुपर्नेमा जोड दिईन् । सुरक्षित महिनावारी विद्यालयस्तरीय कार्यक्रममा भण्डारीले छात्राहरुलाई विद्यालयमा आउन र समस्या भए विद्यालय प्रशासनमा जानकारी गराउन आग्रह गरिन् । कार्यक्रम अन्र्तगत विद्यालयमा स्यानेटरी प्याड समेत नगरपालिकाले उपलब्ध गराएको छ ।

रेसुंगा नगरपालिका –४ अर्खलेस्थित बुद्ध मावीमा पुगेर रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुषालले छात्रालाई महिनावारीका कुरा गर्न नलजाउनुपर्ने बताए । महिनावारी महिलाका लागि प्राकृतिक र निश्चित प्रक्रिया भएको बताउँदै उनले यस्तो विषयमा ढुक्क भएर कुरा राख्न आग्रह गरे । भुषालले महिनावारी सवै महिलालाई हुने भन्दै सुरक्षित बनाई व्यवस्थापन र सरसफाईमा ख्याल गरे रोग नलाग्ने समेत बताए । उनले विद्यालयमा छात्राहरुका लागि स्यानेटरी प्याड र प्रयोग गरेका प्याड डिस्पोज गर्न इन्सिनेटरको व्यवस्था भएकाले अबका दिनमा छात्राहरु विद्यालयमा नियमित उपस्थित हुनेमा विश्वास रहेको समेत बताए । कार्यक्रम नगरका सिमिचौर,दुविचौर,पराल्मी र अर्खलेका मावी र निमावीमा सञ्चालन गरिएको हो । शिक्षा शाखाबाट सञ्चालित सुरक्षित महिनावारी कार्यक्रममा सुरक्षित महिनावारी अभियन्ता एंव पत्रकार गंगा खड्काले छात्राहरुलाई प्रशिक्षण दिएकी थिईन् । प्रशिक्षणका क्रममा खड्कासंग छात्राहरुले खुलेरै महिनावारी स्वास्थ्य समस्याका बारेमा जिज्ञासा राखेका थिए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D