लोक प्रतिभा खोज्दै गुल्मी

काठमाडौँ । नवगायक तथा गायिकाको खोजीका लागि गुल्मीमा सांगीतिक कार्यक्रम गरिएको छ ।शिव दर्शन फिल्म्सले गुल्मीको इस्मामा ‘वृहत् सांगीतिक कार्यक्रम’ आयोजना गरेको हो ।

दर्जनौं नव गायक तथा गायिकाले अडिसन दिएका थिए। कार्यक्रममा ठूलो संख्यामा दर्शकको उपस्थिति थियो।

अडिसनबाट जीपी सुन्दास पहिलो, अर्जुन कौशल दोस्रो र प्रतिक्षा महत तेस्रो भए। उत्कृष्ट गायक गायिकालाई एल्बम निकाल्न सहयोग गर्ने शिव दर्शन फिल्म्स प्रा.लि.की प्रबन्ध निर्देशक एवं गायिका गायत्री थापाले जानकारी दिइन्।
lok pratibha gulmi
उत्कृष्टलाई इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले पुरस्कार प्रदान गरे।

कार्यक्रममा हास्य कलाकार सरापेसहित कलाकारहरु पुस्कल शर्मा, रञ्जन बस्नेत, माधव जोन खत्री, राजकुमार कार्की, सन्देश दर्लामी, कोपिला छिनाल, फुलु मगरलगायतले सांगीतिक प्रस्तुति देखाएका थिए। -कान्तिपुर दैनिकबाट

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D