बुटवल, ३१ वैशाख । रुपन्देही र पाल्पाको सीमा क्षेत्र शिद्धबाबामा गएराति गएको पहिरोका कारण सडक अवरुद्ध पस्चात यतिबेला खुलेको छ । भीषण हावाहुरीसहित आएको पानीका कारण पहिरो जादाँ सडक अवरुद्ध भएको थियो ।
राति १ बजे दोभान–बुटवल सडकखण्डको हेडबक्स नजिकै सडकमाथिबाट ढुंगासहितको पहिरो गएको हो । सडक अवरुद्ध हुँदा यात्रुहरू बाटोमै अलपत्र परेका थिए ।
यातायात अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँचीतर्फ जाने र ती जिल्लाबाट बुटवल आउने यात्रु बाटोमै रोकिएका थिए ।
पहिरो हटाएर बाटो खुलाएपछी यात्रु तथा गाडीहरु आ-आफ्नो गन्तब्य तर्फ लागेका छन् । हेरौँ बाटो अबरुद्द हुँदा कस्तो थियो अवस्था:
भिडियो: रबिलाल पौडेल