Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
बागलुङको गलकोटमा शुक्रबार देखि स्वाब संकलन गरिदै - Gulminews

बागलुङको गलकोटमा शुक्रबार देखि स्वाब संकलन गरिदै

थम्मन थापा
बागलुङ, जेठ २। गलकोट नगरपालिकामा आज देखि कोरोना पिसिआर परिक्षणको लागि स्वाब संकलन गरिदै छ । गत वैशाख ११ गते गलकोट नगरपालिका बाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भए सँगै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परिक्षण गर्न लागिएको गलकोट नगरपालिकका नगर प्रमुख भरत शर्मा गैरे जानकारी दिए ।

गैरेका अनुसार वैशाख ११ गते गलकोटबाट फर्केका मजदुरहरुको सम्पर्कमा रहेका गलकोट नगरबासीहरुको पिसिआर परिक्षण गरिने छ । पिसिआर परिक्षणका लागि तयारी समेत भईसकेको नगरप्रमुख गैरेले बताए । अहिले सम्म १ सय जना निगरानीमा रहेको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मिनराज गैरेले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार गलकोटमा आज देखि ३ दिनसम्म त्यि व्यक्तिहरुको थ्रोट स्वाव संकलन गरिनेछ । १ दिनमा ३० देखि ३५ जना सम्मको थ्रोट स्वाव संकलन गर्न सकिने गुरौले बताए ।

गलकोट नगरपालिकामा करिब १ सय जनाको पिसिआर परिक्षण गरिने छ । गलकोट नगरपालिकाकाले गलकोट क्षेत्रमा कोरोनाको उच्च जोखिम बढेको भन्दै जेठ १ गते देखि लकडाउनलाई थप कडा बनाएको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिईन । बिहीबार देखि नगर भित्र एम्बुलेन्स र अस्पताल मात्रै खुल्ला रहने गरि सबै क्षेत्र ठप्प पारिएको छ ।

त्यस्तै गलकोट प्रवेश गर्ने नाकाहरु गिरङदी खोला, घोडाबाँधे र जँगराको नाकामा कडाई गरिएको छ । लक डाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन प्रहरी प्रशासन, जनप्रतिनिधी, सरोकारवालाले उच्च निगरानी राखिरहेको ईलाका प्रहरी कार्यालय गलकोटका प्रमुख केशव सिंह थापाले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D