बडिगाड ६ मा विपत व्यवस्थापन कोषको स्थापना

कौरव खत्री

बाग्लुङ्ग १५ चैत । कोभिड १९ को कोरोना भाइरसको प्रभावलाई मध्यनजर गदै बडिगाड गाउँपालिका वडा न. ६ बाग्लुङ्गले विपत व्यवस्थापन कोषको स्थापना गरिएको छ ।

कोरोना भाइरसलाई मध्यनगर गदै बडिगाड गाँउपालिका वडा नं. ६ ले पनि कोभिड १९ को कोरोना भाइरसलाई मध्यनजर गदै वडा कार्यालयमा राहत कोषको शुरुवात गरिएको बडिगाड गाँउपालिका ६ का वडाअध्यक्ष मौषमकाजी क्षेत्रीले जानकारी दिए । कोभिड १९ को कोरोना भाइरसका बारेमा गाँउ टोलहरु तथा आम सर्वसाधारणहरुमा सामाजिक सञ्जाल मिडिया मार्फत चेतनामुलक सन्देश जारी गरिएको वडाअध्यक्ष क्षेत्रीले जानकारी दिए ।

बिशेषगरि कोरोना भाइरसको सम्भावित जोखिमलाई न्यूनीकरण गर्नका लागि होम क्वारेन्टाइनमै बसेर लकडाउनको आचारसंहितालाई पूर्ण पालना गर्नु पर्ने एवं वडाभित्र वाहिरबाट आउने व्यक्तिलाई आ–आफ्ना गाँउ टोलमा विशेष निगरानी गरेर उनीहरुलाई क्वारेन्टाइनमै राख्ने व्यवस्था मिलाउन वडा सबै टोल विकास मार्फत पहल भइरहेको वडाअध्यक्ष क्षेत्रीले बताए ।

साथै वडा कार्यालयले गरिव एवं विपन्न परिवारलाई खाद्यान्न सामग्रीहरु र राहत उपलब्ध गराउने उद्देश्यले वडाका सबै टोल विकास प्रमुख मार्फत राहत कोषको खडा गरिएको र हाल रु.१६ हजार बोल रकम भएकोे वडाअध्यक्ष क्षेत्रीले जानकारी दिए ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D