अनिल खत्री
१३ असार, गुल्मी । गुल्मीमा सवा १ अर्व बढिका योजनाहरुमा काम हुने भएको छ । जिल्लाको क्षेत्र नम्बर–का बिभिन्न स्थानमा आर्थिक वर्ष ०७७/०७८ का लागि १ अरब १४ करोड १० लाख, १५ हजार लागतमा बिभिन्न योजनाहरु परेका छन् ।
गुल्मी क्षेत्र नम्बर १ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निर्वाचन क्षेत्र पर्दछ । बिनियोजन भएका योजनाहरुमा सडक योजनाहरुमा ११ करोड ८० लाख रहेको छ । त्यस्तै स्थानीय सडक तथा पुल निर्माणको लागि ९ करोड ३७ लाख ५० हजार, सहरी बिकास अन्र्तगतका योजनाहरुमा ५ करोड ४० लाख, संस्कृति तथा पर्यटन विकास सम्बन्धी योजनाहरुमा १ करोड ५० लाख रहेको मन्त्रीका स्वकीय सचिव जंग नेपालीले बताए ।
त्यस्तै पुरातत्व सम्बन्धी योजनाहरुमा ६० करोड ८० लाख, खानेपानी योजनाहरुमा ६० करोड, ८० लाख, स्वास्थ्य ९१५ शैयाको अस्पतालको स्तरन्नतीका लागि १८ करोड ९८ लाख, कृषि सम्बन्धी योजनाहरुमा ५ करोड ३५ लाख, महिला तथा बालबालिका सम्बन्धी योजना १० लाख लागतमा काम हुने भएको छ । यी योजनाहरुमा आर्थिक वर्ष ०७७÷०७८ मा काम हुनेछन् ।