प्रथम आईटीएफ तेक्वान्दोमा छ स्वर्ण सहित गुल्मी च्याम्पियन, कुन जिल्लाले कति पदक हात पारे ?

गुल्मी जिल्लाको रुरु गाउँपालिका रिडीमा आईटिएफ तेक्वान्दो डोजाङ्ग गुल्मीको आयोजनामा सम्पन्न भएको प्रथम आइटिएफ तेक्वान्दो प्रतियोगितामा गुल्मी जिल्ला छ स्वर्ण सहित च्यानपियन बनेको छ ।
१६ स्वर्ण, १६ रजत र ३२ कांस्यको लागी प्रदेश नम्बर ४ र ५ का १७ जिल्लाका २ सय २५ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगीतामा महिला तर्फ गुल्मीकी सिम्रन रसाइली उत्कृष्ट महिला खेलाडी हुँदा पुरुष तर्फ पाल्पाका विधान राई उत्कृष्ट खेलाडी बने । प्रतियोगितालाई शुक्रवार प्रदेश नम्बर ५ का विशेष अधिकार समिति सभापति कमलराज श्रेष्ठले उद्घाटन गरेका हुन् । प्रतियोगिता रुरु गाउँपालिकाको विशेष सहयोग छिमेकी गाउँ पालिका सत्यवती गाउँपालिका र रुरु गाउँपालिकाको वडा नम्बर १ को पनि सहयोग रहेको प्रथम आइटी एफ तेक्वान्दो प्रतियोगिताका संयोजक विकल पौडेलले सल्लेरी खबरलाई जानकारी गराए ।

प्रतियोगीताको समापन कार्यक्रममा गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको उपस्थितिमा शनिवार एक समारोहका साथ सम्पन्न भएको थियो । प्रतियोगिताको समापन गर्दै अध्यक्ष विकल पौडेलले यो प्रतियोगिताले तेक्वान्दो खेलाडिको आत्मविश्वास बढेको बताएका छन् । गुल्मीको तेक्वान्दो जगत अब थप उचाइमा पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।

कुन जिल्लाले कति पदक हात पारे ?

पाल्पाले ४ स्वर्ण, कास्कीले १ स्वर्ण , वाकेँ १ स्वर्ण, कपिलवस्तुले १ स्वर्ण, नवलपरासीले १ स्वर्ण, बागलुङले १ स्वर्ण र स्याङ्जाले १ स्वर्ण जितेका छन् । स्वर्ण पदक जित्न सफल महिलातर्फ १५-२० केजी समूहमा निलिमा मगर (पाल्पा), २१-२५ केजी समूहमा ग्रिस्मा पन्त (आयोजक), २६-३० केजी समूहमा निरुता थापा क्षेत्री (आयोजक), ३१-३५ केजी समूहमा अंशु गुरुङ (कपिलवस्तु), ३६-४० केजी समूहमा सिमरन रजाली (आयोजक), ४१-४५ केजी समूहमा मुना दिसा (पाल्पा), ४६-५० केजी समूहमा पूजा रजाली (आयोजक) र ५१-५५ केजी समूहमा सृष्टि बगाले (आयोजक) रहेका छन् ।

त्यस्तै पुरुषतर्फ १५-२० केजी समूहमा आषिस ओली (बाके), २१-२५ केजी समूहमा अनुराग कुमार चौधरी (कास्की), २६-३० केजी समूहमा विशेष गुरुङ (नवलपरासी), ३१-३५ केजी समूहमा राज थापा (स्याङ्जा), ३६-४० केजी समूहमा अर्जुन गैरे (पाल्पा), ४१-४५ केजी समूहमा भुवन श्रेष्ठ (आयोजक), ४६-५० केजी समूहमा श्री प्रसाद बुढामगर (बागलुङ) र ५१-५५ केजी समूहमा विधान राई (पाल्पा) रहेका छन् । उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिएको छ भने विजेता सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D