Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
दोहोरी भिडन्त: चन्द्रकोटका पुरुष र मुसिकोटका महिला टोली बिच (भिडियो) - Gulminews

दोहोरी भिडन्त: चन्द्रकोटका पुरुष र मुसिकोटका महिला टोली बिच (भिडियो)

गुल्मीमा जारी तेस्रो गुल्मी महोत्सवमा सञ्चालन भईरहेको स्थानिय तह स्तरिय दोहोरी गीत प्रतियोगीताको बिभिन्न चराणको प्रतियोगिता चलिरहेको छ । सहभागी स्थानिय तहहरुबाट प्रथम चरण पार गरेर आएका मध्य बिहिवार चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका बिच दोहोर गीत प्रतियोगीता भएको छ ।

प्रतियोगीतामा मुसिकोट नगरपालिकाले अर्को प्रतियोगीतामा सहभागी हुने गरि अर्को चरणको लागि छनोट भएको छ । कृषि, पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै यही चैतको १६ देखि सुरु भएको महोत्सव आगामी २५ गते सम्म सन्चालन हुँदैछ ।

महोत्सवमा बिबिध साँस्कृतिक कार्यक्रमहरु सहित ५ दर्जन भन्दा वढी कलाकारहरु महोत्सवमा प्रस्तुती दिईरहेका छन् । महोत्सवमा राष्ट्रिय स्तरमा बिभिन्न बिधामा चर्चाको शिखरमा रहेका कलाकारहरुसँगै गुल्मी जिल्लाबाट पनि राष्ट्रिय स्तर र स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक अनुपकुमार श्रेष्ठले जानकारी दिए ।

यसपालिको महोत्सबमा पनि अघिल्ला महोत्सबमा जस्तो लाईभ दोहोरी सर्वाधिक रुचाईएको प्रस्तुती बनेको छ । हरेक दिन जसो बिभिन्न कलाकारहरुको बिशेष लाईभ दोहोरी प्रस्तुती रहने पनि महोत्सब आयोजकहरुले जानकारी दिए ।

हेरौँ बिहीवार सम्पन्न चन्द्रकोटका पुरुष र मुसिकोटका महिला टोली बिचको यो लाईभ दोहोरी भिडन्त:

यो पनि पढ्नुस्

गुल्मीमा ईन्द्रेणीका कृष्ण कंडेल, कल्पना दाहाल, छत्र शाहीले धमाका मच्चाए: हेर्नुस् भिडियो

सन्जु काउछाबैशाख १४ । चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीले गुल्मीमा भब्य रुपमा आफ्नो प्रस्तुती सम्पन्न गरेको

३ दर्जन मलामी सहित शव बोकेर गुल्मी आउँदै गरेको बस दुर्घटना बारे के भन्छन् प्रत्यक्षदर्शी ? हेरौँ स्थलगत रिपोर्ट:

गुल्मी, पुष १९ । बुटवलबाट ३ दर्जन मलामी सहित शव बोकेर गुल्मीको रिडीतर्फ आउँदै गरेको

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D