अनिल खत्री
२४ बैशाख, गुल्मी । बैशाख १९ गते देखि गरिएको निषेधाज्ञा थप कडाइ हुने गरि आगामी जेठ ४ गते सम्मको लागि थप गरिएको छ । १९ गते एक साताको लागि गरिएको निषेधाज्ञा भोलि २५ गते सम्म भनिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) गुल्मीले जेठ ४ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो ।
कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा गरिएको हो । यो अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा पनर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको भएको छ ।
निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।
निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।
आयोजनामा काम गर्ने कामदारलाई कार्यस्थलमै रहने व्यवस्था मिलाई विकास निर्माणका आयोजना सुचारु गर्ने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले निर्णय गरेको छ । विवाह प्रयोजनको लागि शुभ विवाह लेखिएको ब्यानर सहित बढीमा २ वटा गाडीमा १५ जनासम्मलाई नजिकको प्रहरी चौकीबाट सहजीकरण गर्ने भएको छ ।
उपर्युक्तानुसारको निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी, सशस्त्र प्रहरी वलका अतिरिक्त आवश्यकतानुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ बमोजिम नेपाली सेनाको समेत सहयोग लिने निर्णय गरिएको छ ।