Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
तम्घास मै ४० शैयाको अक्सिजन सहितको आईसोलेशन तयार - Gulminews

तम्घास मै ४० शैयाको अक्सिजन सहितको आईसोलेशन तयार

अनिल खत्री
२७ बैशाख, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन वार्ड स्थापना गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गएपछि ४० शैयाको आईसोलेशन निर्माण गरिएको हो ।

जिल्लाको रेसुङ्गा नगरपालिकाले महेन्द्र माबिमा २० शैंयाको, रेसुङ्गा हस्पिटलमा १० शैंयाको र गुल्मी अस्पतालमा १० शैंयाको गरि ४० शैंयाको आईसोलेशनको वार्ड निर्माण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वय र रेसुङ्गा नगरपालिकाले आईशोलेशन वार्ड बनाइएको हो ।

त्यस्तै नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलेशन बनाउनका लागि उपलब्ध गराउने भएको छ । पछिल्लो समयमा कोरोना संक्रमणको दर बढ्दै गएकाले तम्घासमा रहेको बीपी स्मृति भवनलाई कोरोना आइसोलशन बनाउनका लागि उपलब्ध गराउने पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै पत्रकार महासंघ गुल्मीले पनि १० शैंयाको आईसोलेशन वार्ड निर्माण कार्य अगाडी बढाएको छ । अक्सिजन सहितको आईसोलेशन वार्ड बनाउनको लागि पूर्व अध्यक्ष जनार्दन घिमिरेको अध्यक्षतामा आर्थिक सहयोग संकलन अभियान तिब्र पारिएको छ ।

दोस्रो चरणको कोरोना संक्रमणका कारण जिल्लामा अहिले संक्रिय संकमितको संख्या ५१८ रहेको छ । संक्रमणका कारण १८ जनाको ज्यान गइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्लाका १२ वटा स्थानीय तहले पनि अक्सिनज सहितको आइसोलेसन निर्माण गरेका छन् । सदरमुकाम तम्घासमा रहेको गुल्मी अस्पतालमा १० शैंयाको आइसोलेशन तयार गरिएको छ ।

त्यस्तै रेसुङ्गा नगरपालिकाले ३० शैंया, मुसिकोट नगरपालिकाले १५ शैंया, मालिका गाउँपालिकाले ५ शैंयाको आइसोलेशन तयार गरिसकेका छन् । मदाने गाउँपालिकाले १० शैंया, धुर्कोट गाउँपालिकाले ५ शैंया, कालीगण्डकी गाउँपालिकाले १० शैंयाको निर्माण गरेको छन् ।

चन्द्रकोट गाउँपालिकाले १९ शैंया, सत्यवती गाउँपालिकाले ११ शैंया, रुरुक्षेत्र गाउँपालिकाले ९शैंया, छत्रकोट गाउँपालिकाले ६ शैंया, इस्मा गाउँपालिकाले २० शैंया, गुल्मीदरबारले ५ शैंया आइसोलेशन वार्ड तयार गरेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D