ठुलाखर्क प्राविमा मुनपाले आफ्नै खर्चमा शिक्षक राखीदिने, अभिभावकको आन्दोलन थामियो

अनिश शर्मा गैरे
गुल्मी, १९ माघ । मुसिकोट नगरापलिका ८ वामी ठुलाखर्कमा रहेको ठुलोखर्क प्राविमा नगरपालिकाले यस शैक्षिक सत्रको लागि आफ्नै खर्चमा शिक्षक राखीदीने भएको छ ।

नगरपालिकाले शिक्षक राखीदिने भएपछि अभिभाबकको आन्दोलन पनि थामीएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख अमर केसीले नगरपालिकाका खर्चमो शिक्षक राखीदिने निर्णय भएको फोन मार्फत जानकारी दिनुभएको बिद्यालयमा शिक्षक बेद प्रसाद खरालले जानकारी दिए ।

नगरपालिकाले बिद्यार्थी संख्या कम भएका बिद्यालयहरुमा शिक्षकहरुको दरबन्दी मिलानको कार्यक्रम ल्याएको थियो । सो अनुरुप गत साउन १३ गते ठुलोखर्क प्राविको पनि एउटा दरबन्दी काटिएको थियो ।

केही दिन अघि मात्र बिद्यालयका शिक्षक ओमकार लामिछानेलाइ वामी मैदानको शारदा बिद्या मन्दिर माबिमा सरुवा गरीपछि बिद्यार्थीको पढाइ अन्योल भएको भन्दै अभिभाबहकहरु आन्दोलित बनेका थिए । उनीहरुले नगरपालिकालाइ यो निर्णय फिर्ता लिन आग्रह गर्दे ज्ञापन पत्र समेत बुझाएका थिए ।

यो पनि पढ्नुस्

चरम आर्थिक संकटमा परेपछि रेसुङ्गा क्याम्पसका ९ जना कर्मचारी र प्राध्यापकलाई अनिवार्य अवकास

हुमाकान्त पोखरेलगुल्मी, २६ भदौ । रेसुङ्गा बहुमुखी क्याम्पसले कर्मचारी र प्राध्यापक गरी नौ जनालाई अनिवार्य

विद्यालयमा शिक्षक नभएको भन्दै मुसिकोटका विद्यार्थी आन्दोलित

सागर भण्डारीमुसिकोट, भदौ १९ । गुल्मीको मुसिकोट नगरपालिका-५ ईन्द्रेगौँणास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D