छत्रकोटमा बनिरहेको खेल मैदानको ८० प्रतिशत काम सकियो, चैत मसान्त सम्म सबै सकिने

गुल्मी, चैत १४ । गुल्मीमा निर्माणाधिन एक खेलमैदान निर्माण चरणको अन्तिममा पुगेको छ । जिल्ला स्थित छत्रकोट गाउँपालिका खर्ज्याङमा निर्माण भईरहेको खेल मैदानको निर्माण कार्य सकिन लागेको हो ।

खेल मैदानको लगभग ८० प्रतिशत काम सम्पन्न भएको निर्माण समितिका सचिब यज्ञ पाण्डेले बताउनुभयो ।

प्रदेश सरकारको प्रत्येक गाउँपालिकामा एक खेल मैदान कार्यक्रम अन्तर्गत खेलमैदान निर्माण गर्न लागिएको हो । गत फागुन अन्तिम साता छत्रकोट गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले शिलन्यास गर्नुभएको खेल मैदानको चैत्र १ गतेबाट निर्माण थालिएको थियो । यहो चैत्र मसान्त सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको समेत निर्माण समितिका सचिब पाण्डेले बताउनुभयो ।

१० रोपनी क्षेत्रफलमा ३६ लाख रुपैँयाको लगानीमा खेल मैदान निर्माण हुने उपभोक्ता समितीका अध्यक्ष सरोज पाण्डेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D