चन्द्रकोट गाउँपालिकाका १६० वटा पसलमा अनुगमन, म्याद गुज्रेका सामान बरामद

सन्जु काउछा
गुल्मी, असौज ०५ । चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ । चाडपर्वको मुखमा हुनसक्ने कालोबजारी तथा म्याद गुज्रेका सामाग्रीहरुको बिक्री बितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तिब्रता दिएको जनाईएको छ । गाउँपालिकाले मुख्य बजार क्षेत्र शान्तिपुर र मजुवा बजार क्षेत्रका बिभिन्न १६० वटा पसलहरुमा अनुगमन गरेको छ । पहिलो चरणमा व्यावसायीक पसलहरुलाई कानुन बमोजिम दर्ता प्रकृयामा ल्याउने तथा चाडपर्व लक्षित कालोबजारी तथा म्याद नाघेका खाद्य तथा पेय पदार्थको विक्रि वितरणमा रोक लगाउने उदेश्यले बजार अनुगमनलाई तिब्रता दिएको चन्द्रकोट गाउँपालिकाका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।

असौज ४ र ५ गते दुई दिन लगाएर चन्द्रकोट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, उद्योग बाणिज्य संघका प्रतिनिधि र सुरक्षा निकायका टोलिको संलग्नतामा बजार अनुगमन गरिएको थियो । अनुगमनको क्रममा पसलहरुबाट म्याद गुज्रेका कुकिज, चाउचाउ, हर्लिक्स, मिठाई, भुजा, फ्रुटी, कोक, फेन्टा, सर्फ, औषधी, किटनाशक औषधी लगायत थुप्रै सामाग्रीहरु बरामद गरी नष्ट गरिएको थियो ।

अनुगमनको क्रममा दर्ता नगरेका पसलहरुलाई तुरुन्त दर्ता गर्न र मुल्य सूची नराख्ने पसलहरुलाई राख्नको लागि अनुरोध गरिएको थियो । त्यस्तै पसलको बोर्ड नराख्ने र स्वास्थ्य सुरक्षाका मापदण्ड पालन नगर्ने पसलहरुलाई पालन गर्न आग्रह गरिएको गाउँपालिकाले जनाएको छ । अनुगमनको क्रममा पहिलो चरणमा व्यवसायिहरुलाई अभिमुखिकरण सहित सचेत गराउने, म्याद नाघेका खाद्य सामाग्रीहरु बरामद गरी नष्ठ गर्ने कार्य गरिएको अनुगमन समितिका सदस्य सचिव प्रकाश पन्थीले गुल्मीन्युज डट कमलाई जानकारी दिए ।

आगामी दिनमा चन्द्रकोट गाउँपालिकाका विभिन्न क्षेत्रहरु शिक्षा स्वास्थ्य कृषि पशु बजार लगाएताका क्षेत्रमा अनुगमनलाई तिब्रता दिदैँ जाने र नियमानुसार कानुनी कारबाही प्रकृया अगाडि बढाउने समेत चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रशाद भुषालले बताए ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D