चन्द्रकोटमा १७ शैयाको आइसोलेशन निर्माण

हुमाकान्त पोखरेल
गुल्मी, २२ वैशाख । दोस्रो चरणको कोरोना नियन्त्रणको लागि जिल्लाको चन्द्रकोट गाउँपालिकाले १७ शैयाको आइसोलेशन बनाएको छ । चन्द्रकोट क्याम्पसमा १४ शैया र शान्तिपुर स्वास्थ्य चौकीमा तीन शैयाको आइसोलेशन निर्माण गरिएको हो । जसमा सातवटा अक्सिजन रहेका छन् । दुईवटा अक्सिजन नियमित संचालनको लागि जेनेरेटरको पनि व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले बताए ।

गाउँपालिकामा भारतबाट आएका ३९ जना र तेस्रो मुलुकबाट आएका ११ जना आएका छन् । अहिले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सबै नियमित सम्पर्कमा रहेको खत्रीले बताए । गाउँपालिकाले एन्टिजेन्ट परीक्षणका लागि आवश्यक सबै तयारी गरेको छ । संक्रमितको शव पालिकाका दुई ठाउँमा मात्र दाहासंस्कार गर्ने निर्णय गरेको अध्यक्ष खत्रीले जानकारी दिए । कोरोना नियन्त्रणका लागि सबै आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्ने अध्यक्ष खत्रीको भनाई छ ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D