टोपलाल अर्याल
तम्घास, ४ चैत। चौथो गुल्मी महोत्सव स्थगित भएको छ । गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले कार्यालयमा पत्रकार सम्मेलन गरेर महोत्सव स्थगित गरेको छ। नगर र प्रशासनको पत्र र बिश्वमा फैलिएको कोरोना संक्रमणबाट जोगिन महोत्सव नगर्ने निर्णय गरेको बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।

बाणिज्य संघले आउने चैत २१ देखी बैशाख १ गतेसम्म चौथो महोत्सव, प्रादेशिक व्यापार एब औद्योगिक मेलाको आयोजना गरेको थियो । अहिलेसम्म महोत्सवको तयारीमा जुट्ने सबैलाई भलामीले धन्यवाद दिए ।