गुल्मी महोत्सवमा लोकगीतकै क्रेज खुमन र प्रितीसँग रमाए दर्शक

अनिल खत्री
२२ चैत, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वद्धन गर्न भन्दै सुरु भएको तेस्रो गुल्मी महोत्सवमा सातौं दिन पनि बिबिध कार्यक्रम सम्पन्न भएका छन् । गएको चैत १६ गतेबाट सुरु भएको महोत्सवमा दिनानुदिन महोत्सवमा दर्शको भिड वढ्न थालेको हो । ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा स्वास्थ्य,कृषि, पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्सव चलिरहेको छ ।

महोत्सवमा बिभिन्न मनोरञ्जनात्म कार्यक्रमहसँगै बिभिन्न कृषि तथा औद्योगीक सामाग्रीहरु राखिएकाले पनि दर्शकहरुको दैनिक भिड वढ्न थालेको छ । महोत्सवको साँस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतिले पनि दैनिक जसो दर्शकहरुको चाप वढेको हो ।

सदरमुकाम तम्घासमा चलेको महोत्सवको सातौंै दिन अर्थात बिहिवार पनि राष्ट्रिय कलाकारले दिन भर सांगीतिक प्रस्तुति दिए । साँगीतिक प्रस्तुतिमा गायक खुमन अधिकारी, प्रिती आले,तुलसिंह रनपछाई,पवन परियार गुल्मी जिल्ला अरु धेरै स्थानिय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा बिचबिचमा स्थानिय बिद्यालयका बिभिन्न नृत्य प्रस्तुत गरेका थिए । महोत्सवको सातौ दिनमा अरु दिनमा भन्द निकै फरक देखियो महोत्सव स्थल । बिहान पख सिमसिम पानी परेपनि दिन भर भने निकै राम्रो मौसम बनेको थियो ।

महोत्सवमा सांगीतिक प्रस्तुतिका राष्ट्रिय कलाकारहरु प्रस्तुतिको पालो आयो । प्रस्तुति राख्ने क्रममा लोक दोहोरी क्षेत्रका निकै लोकप्रिय कलाकार खुमन अधिकारी अरु कलाकारले भन्दा धरै समय लिए । उनले सुरुमै आदा दर्जन भन्दा वढी गीत बिना म्युजिक गाए धेरै दर्शक सुनेर रमाए ।

उनले सुरुमै एउटा पुरानो गीत गाए दर्शले अरु गीतको पनि त्यसै गरि माग राखे उनले अफना निकै पुराना गीतहरु बिना म्युजिक गाए । खुमन अधिकारी बनाउन सफल भएका मनको देउतैले,जोर शंख फुकेर,सिलाई दिउला भोटो, अल्लारे ठिटो जस्ता धेरै गीत गाए ।

दर्शकले उनका धेरै गीतहरु सुन्न आतुर थिए । कार्यक्रमको मुख्य आर्कषकमा रहेका अधिकारीले सुरुमै पञ्चे बजाको गीत गाए धेरै दर्शक रमाए । उनले युवा पिडि देखि बृद्धहरुलाई चित्त बुझने खालका धेरै गीत गाए । महोत्सवमा आएका धेरै दर्शकहरु उनको प्रस्तुतिमा रमाए ।

गायक अधिकारीले बिच बिचमा केहि नाच्ने केहि सुन्ने खालका गीत गाए महोत्सवमा दिनभर संगीत मय बनाए । उनिसँगै आएकी गायिका प्रिती आले पनि निकै रमाइलो मय बनाइन महोत्सव स्थल चिदिचौर । गायिक प्रिती आलेले धेरै गीत गाईन उनले नृत्य पनि प्रस्तुत गरिन ।

महोत्सवमा उनको प्रस्तुति हेर्न पनि धेरै दर्शक रमाएका थिए । उनको गीतसँगै नाच्ने पनि धेरै दर्शक थिए । बिहिवार महोत्सवमा साँझ सम्म पनि दर्शकको हलचल घटेको थिएन् । अन्तिम समयमा गायक खुमन र प्रितीको दोहोरी पनि निकै रोमाञ्चक मय बनेको थियो ।

महोत्सवमा अरु दिनमा सुगम संगीतमा बराबर दर्शक आउने गरेपनि बिहिवार भने दोहोरी गीत सुन्ने धेरै दर्शकहरुको लोक गीतप्रति भएको क्रेज पोखिएको थियो । गीतमा कलाकारका सबै गीतहरुमा नाचेर गाएर साथ दिए । साँझ पर्दै थियो तर पनि दर्शकको जमात कुनै पनि हलचल थिएनन् । दिनभर महोत्सव स्थल चिदीचौर स्थल साँगीतिक मय बनेको थियो ।

महोत्सवको अबसरमा सञ्चालन भएको स्थानिय तह स्तरिय दोहोरी गीत प्रतियोगीता पनि सम्पन्न भएका छन् । प्रथम चरण पार गरेर आएका मध्ये बिहिवार चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिका बिच दोहोर गीत प्रतियोगीता भएको थियो ।

प्रतियोगीतामा मुसिकोट नगरपालिकाले अर्को प्रतियोगीतामा सहभागी हुने गरि छनोट भएको छ । गुल्मी महोत्सव मार्फत जिल्लामा लुकेर रहेका साहित्य, संगित, कला, कौशल सिपको संरक्षण सम्बद्र्धन गर्ने, परम्परागत भेषभुषा, सम्पदा, तथा प्रविधिको जर्गेना गर्ने, स्थानीय कृषि एवं औधोगिक उत्पादनको बजारीकरण गर्ने आयोजकले अपेक्षा लिएको छ ।

जिल्लामा रहेका ऐतिहासिक, पौराणिक, धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रवर्धन र प्रचार प्रसार गरी गुल्मीलाई पर्यटकीय गन्तव्य क्षेत्रको रुपमा विकास गरी जिल्लाको समग्र आर्थिक सामाजिक विकासमा टेवा पु¥याउने विविध उद्देश्यका साथ महोत्सव गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताए ।

सदरमुकाम तम्घासमा १० दिन सम्म चल्ने महोत्सवबाट गुल्मी जिल्लाको कृषि,घरेलु औधोगिक प्रर्बद्धन सगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वा“रा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार महत्वपुर्ण उदेश्य रहेको वाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताए । महोत्सवको बिहिवार चैत २३ गते गायक सुगम पोखरेल,शान्तिश्री परियार ,शोभा त्रिपाठी लगायत गुल्मी जिल्लाका आदा दर्जन कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D