गुल्मी महोत्सवमा प्रमोद खरेलको यस्तो क्रेज

अनिल खत्री
२१ चैत, गुल्मी । कृषि पर्यटन र उद्योगको व्यापार प्रबद्र्धन गर्ने उद्देश्यका साथ गरिएको तेस्रो गुल्मी महोत्सवको पाँचाै‌ँ दिन गायक प्रमोद खरेललगायतका कलाकारले प्रस्तुति दिएका छन् । खरेललगायतका कलाकारहरुको प्रस्तुतिबाट मंगलबार कलाकारहरुले भरपुर मनोरञ्जन लिए ।

शुरुदेखि अन्तिमसम्मै दर्शकलाई नचाएका खरेलले ‘माया गर्ने मुटुले हो’ गीतमार्फत प्रस्तुति थालेका थिए ।

‘मेरो दिल छ पोखरामा’, ‘आफनो भन्नु कसलाई यहाँ’लगायतका गीत प्रमोदले गाउँदा दर्शक औधी रमाए ।

अन्तिममा प्रमोदको प्रस्तुति राखिएकाले साँझ पर्दासमेत दर्शक उनको प्रस्तुति हेर्न झुम्मिरहेका देखिन्थे ।

गायक खरेलबाहेक चन्द्र शर्मा, कल्पना कुसुम, शान्ता परियारलगायतका कलाकारहरुले पनि प्रस्तुति दिएका थिए । कार्यक्रममा आर्दश बोर्डिङ स्कुल, व्रह्मकुमारी विश्व विद्यालय र मदाने गाउँपालिकाले प्रस्तुत गरेको पुरानो सोरोटी भाकाले पनि दर्शकलाई तानेको थियो ।

सदरमुकाम तम्घासमा १० दिनसम्म चल्ने महोत्सवको उद्देश्य जिल्लाको कृषि, घरेलु औद्योगिक प्रबद्र्धनसँगै रेसुंगा, रुरु, कंकेदेउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रर्बद्धन र प्रचार प्रसार गर्ने रहेको छ ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D