गुल्मी, मंसिर २३ । गुल्मीमा २० बर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्वर २ झिरवास घर भएकी वर्ष २० की रुनीकला सुनारले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
त्यस्तै बर्दिया जिल्लाको राजपुर नगरपालिका वडा नम्वर २ सोहरियाकी ४९ वर्षीया जाली मुनाले घरकै बलोमा झुण्डिएर आत्माहत्या गरेकी छन् ।
उता रुपन्देहीको देवदह नगरपालिका १० चरेङ्ग्रेस्थित पाल्पा रामपुर १४ की ३० वर्षीया मिना रुचाललेले घरको बलोमा झुण्डिएर आत्महत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।
बाँकेको वैजनाथ गाउँपालिका वडा नम्वर ४ विपी मेमोरियल स्कुल स्थित स्थानीय टपी सुनारकी ४० वर्षीया श्रीमती सिता सुनारले पनि आफ्नै घर नजिकैको बेलौती (अम्वा) रुखमा झुण्डिएर आत्महत्या गरेकी छिन् ।