गुल्मीमा प्रथम पटक आइ.टि.एफ. तेक्वान्दो प्रतियोगिता हुने, १६ जिल्लाका ४१७ खेलाडी सहभागी हुँदै

हुमाकान्त पोखरेल, गुल्मी
१५ माघ । गुल्मीमा ‘प्रथम रुरु क्षेत्रधाम आमन्त्रित आइ. टि. एफ. तेक्वान्दो प्रतियोगिता’ हुने भएको छ । आइ.टि.एफ. टेक्वान्दो डोजाङ्ग रिडीको आयोजनामा रुरु गाउँपालिका १ रिडीमा आगामी फागुन १७ र १८ गते प्रतियोगिता हुने भएको हो ।

सोमबार विभिन्न जनप्रतिनिधी, बुद्धिजिवी तथा विभिन्न सरोकारवालाहरुको भेलाले प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगितामा गुल्मी, पाल्पा, स्याङ्जा, पाल्पा, बाँके, बर्दिया, अर्घाखाँची, रोल्पा, रुकुम, कपिलबस्तु, नवलपरासी लगायतका १६ जिल्लाका ४१७ खेलाडी सहभागि हुनेछन् । खेलमा २५ देखि ५५ तौल समुहकोलाई मात्र सहभागि गराइने प्रशिक्षक प्रकाश तरामु मगरले जानकारी दिए ।

प्रतियोगिता सम्पन्न गर्नको लागि क्लवका अध्यक्ष विकल पौड्यालको संयोजकत्वमा २१ सदस्यिय मुल आयोजक कमिटीको गठन गरिएको छ । भने रुरु गाउँपालिका १ का वडाध्यक्ष रामलाल विकको संयोजकत्वमा २४ सदस्यिय सल्लाहकार समितिको पनि गठन गरिएको छ । त्यस्तै प्रतियोगिताकै लागि विभिन्न उप–समिति समेत गठन गरिएको छ । जसमा क्लवका अध्यक्ष विकल पौड्यालकै अध्यक्षतामा तिन सदस्यिय आर्थिक व्यवस्थापन उप–समितिको गठन गरिएको छ ।

त्यस्तै चुरामणी तिमिल्सेनाको संयोजकत्वमा तिन सदस्यिय प्रचार प्रसार उप–समिति, ज्ञानेन्द्र रावलको संयोजकत्वमा तिन सदस्यिय होटल तथा यातायात व्यवस्थापन उप–समितिको गठन गरिएको छ । चिरञ्जिवि ज्ञवालीको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम व्यवस्थापन उप–समिति तथा अंक बहादुर घर्ती मगरको संयोजकत्वमा चार सदस्यिय प्रतियोगिता सञ्चालन प्राविधिक कमिटीको गठन गरिएको छ पत्रकार भुवन भुसालले जानकारी दिए ।

यो पनि पढ्नुस्

गुल्मीमा सम्पन्न तेस्रो पटकको पुलचोक कपको उपाधि पनि आफ्नो पोल्टामा पार्दै सिद्धबाबाको ह्याट्रिक

टोपलाल अर्यालगुल्मी, १४ साउन । गुल्मीको तम्घासमा संचालन भएको तेस्रो पुलचोक कप फुटवलको उपाधि सिद्धबाबा

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D