Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीमा आफ्नै साथीहरुको कुटपिटबाट एक विद्यार्थी गम्भिर घाइते - Gulminews

गुल्मीमा आफ्नै साथीहरुको कुटपिटबाट एक विद्यार्थी गम्भिर घाइते

हुमाकान्त पोखरेल
तम्घास, २८ पौष । गुल्मीमा कुटपिटबाट एक विद्यार्थी गम्भिर घाइते भएका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका १ स्थित महेन्द्र नमुना माध्यमिक विद्यालय कक्षा ११ मा पढ्ने इस्मा गाउँपालिका ३ दर्लामचौरका माधव पछाई गम्भिर घाइते भएका हुन् । उहाँलाई सोही विद्यालयमै कक्षा ११ मा पढ्ने रोहित गुरुङ र उनका साथिहरुले कुटपिट गरेका थिए । कुटपिटबाट टाउको र शरिरमा चोट लागेका उहाँलाई जिल्ला अस्पतालको उपचारपछि थप उपचारको लागि पाल्पाको प्रवास अस्पताल पु¥याइएको छ ।

कुटपिट गर्ने तीनजनाविरुद्ध सोमबार जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्धामा निवेदन दर्ता भएको छ । पीडितका बुबा तेज बहादुर पछाइले रेसुङ्गा नगरपालिका ८ का अन्दाजी १८ बर्षिया रोहित गुरुङ, रेसुङ्गा नगरपालिका १ का अन्दाजी २० बर्षिया आशिष पाण्डे, रेसुङ्गा नगरपालिका १ का अन्दाजी २० बर्षिया सन्देश श्रेष्ट र रेसुङ्गा नगरपालिका ८ का अन्दाजी १९ बर्षिया रितेश भलामीविरुद्ध किटानी जाहेरी दिएका छन् ।

आइतबार कुटपिट गरेपनि प्रहरीले सोही दिन मुद्धा दर्ता गर्न मानेन । त्यसपछि जिल्लाका सरोकारपक्षहरुको दबावमा सोमबार मात्रै मुद्धा दर्ता गरेको हो । निवेदनपछि सन्देश र रितेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने रोहित र आशिष फरार छन् । कुटपिट गर्नेमध्ये रोहित गुरुङ महेन्द्र नमुना माध्यमिक विद्यालय कक्षा ११ का विद्यार्थी हुन् भने अन्य तीनजना उक्त विद्यालयका विद्यार्थी नभएको विद्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

यो पनि पढ्नुस्

डलर साट्ने बाहनामा बिदेशबाट फर्केकालाई ठगी गर्ने खोज्ने गुल्मीका दुई जना पक्राउ

काठमाडौं, कार्तिक २२ । काठमाडौं महानगरपालिका-२६ नयाँबसपार्कबाट डलर साट्ने बाहना पारी वैदेशिक रोजगारीको शिलशिलामा ओमनबाट

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D