Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the rank-math domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home4/b0n2p6e5/public_html/wp-includes/functions.php on line 6114
गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र निर्धारण - Gulminews

गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र निर्धारण

अनिल खत्री
१७ मंसिर, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको छ । गाउँपालिकाको बिशेष गाउँसभाको तेस्रो बैठकले इस्मा गाउँपालिकाको केन्द्र निर्धारण गरेको हो ।

गाउँसभाले गाउँपालिकाको केन्द्र वडानम्बर –५ को रातापोखरामा रहनेगरि निर्धारण गरेको गाउँपालिकी उपाध्यक्ष बिमला खत्रीले बताइन् । केन्द्र निर्धारणको लागी गाउँ सभामा गाउँपालिकाको केन्द्र “इस्मा रजस्थलको वडानम्बर–५ रातापोखरामा केन्द्र रहनेगरि ३ नम्बरको फेदिफाट माटाखानी“ सम्मको प्रस्तावमा भएको थियो ।

गाउँपालिकाले पटक–पटक केन्द्रको बिषयमा छलफल गर्दा पनि केन्द्रको बिषयमा सहमती जुटाउन सकेको थिएनन् । जस अनुसार भएको मातदानमा २१ जनाले पक्षमा र ८ जनाले उक्त प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

स्थानीय तहको गठन भएको लामो समय बित्दा इस्मा गाउँपालिकाको केन्द्रको बिषयमा बिवाद हुँदै आएको थियो । स्थानीयको गठन हुने समयमा गाउँपालिकाको केन्द्र तोकिएको वडानम्बर–५ को चापटारीमा तोकिएको थियो ।

तर पछि त्यसस्थानमा बिवाद भएपछि लामो समयसम्म केन्द्र बिवाद बल्झीदै आएको थियो । लामोसमयसम्म केन्द्र टुङ्गो नलागेपछि केहि महिना पहिले नेकपा गुल्मीको जिल्ला पार्टी कार्यालय गुल्मीका बसेको बैठकले गाउँपालिकाको केन्द्र वडानम्बर–५ को आम्बोटदेखी वडा नम्बर–१ को छिनुवासम्म डेढ किलोमीटरको दुरिमा राख्न निर्देशन गरेको थियो ।

तर त्यस निर्णयलाई भने गाउँपालिकाले कार्यान्वयन नगरी नयाँ ठाउँमा पस्ताव गरेर केन्द्र निर्धारण गरेको छ । जिल्लाका २ नगरपालिका र १० गाउँपालिका मध्ये इस्मा गाउँपालिकाको केन्द्रमा मात्रै बिवाद रहेको थियो । अन्य स्थानीय तहले भने केन्द्र निधारण गरिसकेका छन् ।

यो पनि पढ्नुस्

एम्बुलेन्स नै अलपत्र

हुमाकान्त पोखरेलगुल्मी, ०३ फागुन । एम्बुलेन्सको काम के हो ? उत्तर सजिलै आउछ, बिरामी बोक्ने

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D