एनआईसी एसिया बैंकको शाखा रहित सेवा गुल्मीको उर्लेनीमा

गुल्मी, फागुन २५ । एनआईसी एसिया बैंक लिमिटेडले शाखा रहित बैकिङ्ग सेवा गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नं.१२ उर्लेनिमा शुभारम्भ गरेको छ । देशैभरि ३१९ शाखा कार्यालय स्थापना गरेको बैंकले आफ्नो ५८ औं शाखा रहित बैकिङ्ग सेवाको रुपमा बैकिङ्ग सेवा शुभारम्भ गरेको बैकका गुल्मी शाखा प्रवन्धक जगदिश पन्थीले जानकारी दिए ।

शाखा रहित बैकिङ सेवाको उद्घाटन गर्दै प्रमुख अतिथि वडा न १२ का वडा अध्यक्ष कुल बहादुर टण्डनले शाखारहित बैकिङ्ग सेवा भएपनि शाखा कार्यलयले दिने सम्पूर्ण सेवा सुविधा दिनुपर्ने र वडाबाट सञ्चालन हुने सम्पूर्ण क्रियाकलापमा बैकको शाखारहित बैकिङ्ग सेवालाई पुर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सिटिजन लाईफ ईन्स्योरेन्स गुल्मी शाखा प्रमुख दिपक पोख्रेलको संचालन रहेको कार्यक्रममा वडा न १२ र १३ का जनप्रतिनिधि समाजसेवी लगाएतको उपस्थिति रहेको थियो । गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा नं.१२ उर्लेनिमा शाखारहित बैकिङ्ग सेवाको कार्यलय रहनेछ भने त्यस शाखारहित बैकिङ्ग सेवाको प्रतिनिधिका रुपमा अमर थापाले कार्यसम्पादन गर्ने NIC Asia Bank तम्घास शाखा प्रमुख जगदीश पन्थीको बताउनु भयो ।

यो पनि पढ्नुस्

पछिल्ला अप्डेट

सिफारिस

गुल्मीमा झिनियाँ व्यापार फस्टाउँदै, बिदेश सम्म पुग्छन गुल्मीमा बनेका झिनियाँ (फोटो फिचर)

टोपलाल अर्यालगुल्मी, ६ कार्तिक । रेसुंगा नगरपालिका ८ की ३६ बर्षीय सुमित्रा श्रेष्ठलाई अहिले झिनियाँ

error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D