फिचरसमाज

७२ बर्षे अपाङ्ग महिलाको संघर्षपूर्ण र प्रेरणादायी कथा

अनिल खत्री
१८ पुस,गुल्मी । समय परिस्थितिसँग जुध्ने मान्छे कतिपय व्यक्तिका संघर्ष सुन्दा साहसिक हुन्छन् भने उत्तिकै कारुणीक पनि हुन्छन् । गुल्मीमा एउटि यस्ती महिला जसले झण्डै २० वर्ष सडकमा फुटफाटका सामान बेचेर जिबिका चलाउदै आएकी छन् ।

तम्घासमा लामो समयदेखि सडकमा फुटफाट सामान बेच्दै आएकी मेनुकला नेपाली महिला त्यसैमाथी अपाङ्ग जसले बाच्नको लागि उनको जिवनमा संघर्ष मात्रै बन्यो । दुइ छोरा पूर्ण जिम्मेवारी सहित बाच्नको लागि उनले गरेको संघर्षले महिलाहरु पनि साहसिक हुन्छन् भन्ने उदाहरण लिन सकिन्छ । सानै उमेरमा खुट्टा आगोमा परेर डढेर ति महिलाले मजा लगाउन मात्रै मिल्ने र हिड्न गाहे पर्ने गरेको बताइन् । आर्थिक अबस्था निकै दयनिय र त्यसैमाथी अपाङ्ग हुदा निकै संघर्षले जिविकोपार्जन गर्नु परेको नेपालीले बताइन् ।

जिल्लाको सदरमुकाम तम्घास बजारको बिभिन्न स्थानको सडक छेउमा रातो टिकाको व्यापारबाट फुटफाट बिक्री गर्दै आएकी महिलाको जिवनकाल निकै कारुणीक रहेको छ । मान्छेको जिवनमा कुन बेला के आउछ भन्ने थाहा हुँदैन तर संघर्ष गर्नेहरु जसरी पनि बाच्न सक्छन् भन्ने उदारण उनिबाट सिक्न सक्दछन् । अहिले उमेर ७२ वर्षमा पुगेकी नेपाली सदरमुकाम तम्घासमा झण्डै २० वर्ष सडकमा फुटफाट सामाग्री बेचेर जिविका चलाउँदै आएकी हुन् ।

गुल्मीको हुँगामा स्थायी ठेगाना भएकी नेपाली २०४५ सालमा तम्घासमा बाच्नको निम्ति संघर्ष खोज्दै आएको बताइन् । १५ वर्षको उमेरमा बिवाह भएकी नेपालीका श्रीमानले २ वटा सन्तान जन्माएपछि अर्को श्रीमती ल्याएर अलगै बसेको बताइन् ।

दुइवटा छोरा सानै छदा श्रीमानबाट एक्लीएर संघर्ष गर्नु पर्दाका अतित सम्झीएर उनि बेला बेलामा बोल्न पनि राकिने गरिन् । आफुसँग धन सम्पती नहुँदा छोरालाई पढाउन भन्दा पनि कसरी बचाउने भन्ने चिन्ताले आफुले निकै दुखःकष्ट भोग्नु परेको बताइन् ।

सुरुमा तम्घास आएर होटलहरुमा भाँडा माझने,कपडा धुने गरेर ज्यान पाल्दै आएको नेपालीले बताइन् । काम गर्दा खाना मिल्ने नत्र भोकै बस्नु परेको आफ्नो अतिति सम्झेर उनको आखा आशुले भरिएर आउथे ।बिगतमा निकै दुखःकष्ट भोग्नु परेकाले उनले अतित भन्दा वढि अहिलेको अबस्था बताउन खोजिन् । कति दिन कति रात भोकै बसे नेपालीले भनिन, ‘भोकै बसे पनि मरिदो रैनछ धेरै कष्ट भोगियो काम नगरे कसैले हेर्दैनथे ।’

काम गर्ने दिन खाना मिल्थो कहि कतै काममा नगएर नगरे कसैले सोध्ने पनि थिएनन् उनले भनिन,‘ बिना पैसा खाना कसैले दिदैनन् ।’ उनले भनिन,‘दैनिकी बाच्ने र बचाउनेमा धेरै संघर्ष गरे यो बुढेसकामलामा पनि यसरी नै बितिरहेको छ ।’

केहि वर्ष यसरी नै जिविको चलाउँदै आएकी ति महिलाले सुरुमा २० रुपैयाँको रातो टिका बेच्न सुरु गरेको बताइन् । सुरुमा रातो टिका मात्रै बेचेर खानालाई मुस्कीलले पुराउँदै आए नेपालीले भनिन्,‘यो कार्य अहिले पनि यसरी नै चलिरहेको छ ।’ उनको फुटफाट पसलको सडक छेउमा रातो टिकासँगै अहिले तिल, हिङ, बिरेनुन, फिटकिरी मास लगायतका सामानहरु बेच्दै आएकी छन् । तम्घास बजारमै किनेर उनले आफुले बेच्दै आएको बताइन् ।

दैनिक कहिलेकाही ४ सय सम्मको विक्री गर्ने नेपालीको कहिलेकाही ५० रुपैयाँमा पनि चित्त बुझाउनु परेको बताइन् । धेरै वर्ष तम्घासको भिमचोकको सडक छेउमा उनको फुटफाट पसल अहिले वालमन्दीर लाइनमा सटरमा सारेकी छन् ।

हाल मासिक १ हजार ५ सय भाडाको सटरमा बिक्री गर्दै आएकी ति नेपाीलले सडक छेउमा बिक्री गर्न नपाइने सुनेर पनि सटर भाडामा ल्याएर बेच्न सुरु गरेको बताइन् । कोठाको १ हजार र सटरको १ हजार ५ सय गरी जम्मा २ हजार ५ सय मात्रै भाडा तिर्नु परेको बताइन् । अहिले त भाडा तिर्न मात्रै पुग्छ उनले भनिन,‘बृद्धाभत्ता पाउन थालेपछि केहि राहत मिलेको छ ।’

भाडा तिर्न मात्रै पुगेपनि धेरै राहत मिल्छ उनले भनिन, ‘खाली बसेर भोकै बस्नु भन्दा केहि गरेर दैनिकी चलाउनु प¥यो ।’ अहिले पनि भाडामा बसेर खानाको निम्ति संघर्ष गर्नुपर्दा उनको आशुले आखा भरिएर आउथे ।

उमेर पनि ढल्कीदै जाँदा आरामले बसेर खाने बेलामा चिसो मौसममा केहि बेच्नको लागि कुरेर बस्नु पर्दाको पिडिामा उनि निकै भावुक बनिन् । कहिलेकाहि केहि बिक्री नभएर रित्तै घर फर्किदा निकै दुख लाग्ने गरेको दुखेसो नेपालीले बताइन् । खुट्टा डढेर मजा लगाएर मात्रै हिड्न मिल्ने भएकाले अपांग छु भनेर सहयोग माग्न जाँदा कति ठाउँमा गालि गरेको दुखेसो समेत सुनाइन् ।

थप देखाउनुहोस्
Back to top button
error: जान्नेले जसरी नि चोर्छन/सार्छन्, नजान्नेलाई खुच्चिङ :D
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker